माओवादीले डाक्यो केन्द्रीय समितिको भर्चुअल बैठक
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार २१:२०:५
१९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीको आगामी कार्यनीतिबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ । सबै केन्द्रीय सदस्यलाई उपस्थित गराउन असम्भव भएपछि भर्चुअलमार्फत बैठक गर्न लागिएको बताइएको छ ।
शुक्रबार साँझ ६ बजे बस्ने भर्चुअल बैठकले हालै सम्पन्न स्थानीय तहको निर्वाचनबारे समीक्षा गर्ने छ । सत्ता गठबन्धनमा रहेका दलसँग तालमेल गरी स्थानीय निर्वाचन गएको नेकपा माओवादीले गठबन्धको प्रभावकारितालाई विशेष महत्व दिएको छ ।
गठबन्धनमा पाँच दल रहेपनि मुख्य कांग्रेससँग गठबन्धन भएकाले आगामी संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धनमा रहने वा अर्को बाम गठबन्धन बनाउन प्रयास गर्ने भन्ने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले बुधबार एक प्रशिक्षण कार्यक्रममा देशको राजनीतिको साँचो माओवादीको हातमा आएकाले आफुलाई अहिलेको गठबन्धन तोडेर अर्को गठबन्धनमार्फत प्रधामन्त्री बन्न अफर आएको बताएका थिए । उनले यही आधारमा कांग्रेसलाई पनि धम्कीपूर्ण भाषामा सचेत रहन भनेका थिए ।
राजनीतिक बृत र पार्टीभित्रै पनि प्रचण्डको भनाइको आलोचना भइरहेका बेला केन्द्रीय समितिको बैठक बोलाइएको हो । स्थानीय तहको निर्वाचन सकिएपछि पहिलोपटक शुक्रबार भर्चुअल मार्फत केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
शुक्रबार बेलुका ६ बजे एजेण्डासहित भर्चुअल रुपमा बस्ने बैठकमा प्रस्तुत गर्ने एजेण्डा भने अहिलेसम्म केन्द्रीय सदस्यहरुले नपाएको बताइएको छ । नेताहरुले गठबन्धनको प्रभावकारितसहित स्थानीय तह निर्वाचन, केन्द्रीय समितिको पूर्णता र एमसीसीको विषयमा मत राख्नेछन् ।
शुक्रबारको भर्चुअल बैठक सकिएपछि पार्टी पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो,मधेस प्रदेशको पूर्ण र जनवर्गीय संगठनलाई समेत पूर्णता दिने विषयमा छलफल हुने बताइएको छ । पार्टी कमिटी र जनवर्गीय संगठनले पूर्णता पाएमा आगामी असार १५ गते भौतिक रुपमा केन्द्रीय समिति बैठकमार्फत आगामी एजेण्डाबारे निर्णय गराउने अध्यक्ष प्रचण्डको तयारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार