भूमि संरक्षणमा ध्यान दिनुपर्ने :सांसद राधा ज्ञवाली
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार २३:३६:११
१९ जेठ, काठमाडौं । सांसद राधा ज्ञवालीले नेपालको भू–भाग र सीमा सुरक्षाका लागि बजेटमा कुनै पनि योजना नभएको विषयमा सरकारको ध्यानाकर्षण गराइन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफलका विषयमा उनले नेपालको भूभाग, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्सामा समेत
समेटिसकेको भएपनि संरक्षण गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिएकी छिन् । उनले बजेटमा धेरै सिँचाइ आयोजना सरकारको प्राथमिकतामा नपरेको र स्थानीय तहको अधिकार क्षेत्रमा समेत केन्द्रले हस्तक्षेप गरेर बजेट छुट्टयाउने काम गरेको बताइन् । सांसद विमला नेपालीले एक परिवार : एक रोजगार, शिक्षालाई सीपसँग सीपलाई रोजगारसँग जोड्नुनपर्ने जरुरी भएको र
नेपालको संविधानले जमिन नहुने दलित समुदायलाई जमिन उपलब्ध गराउने भनेको भएपनि त्यो कार्यान्वयन हुन नसकेको बताएकि छन् । संविधानले आवासबिहिनलाई आवास उपलब्ध गराउने भनिएता पनि त्यो बजेटले समेटन नसकेको उनको भनाइ थियो ।
सांसद दामोदर भण्डारीले वर्तमान सरकारले ल्याएको बजेट पाँच महिनामा खर्च गर्ने आधार नभएको र मुुुलुकमा खाद्य सङ्कट आउन सक्ने, कृषि रुपान्तरणको प्रभावकारी योजना नभएको बताए । उनले बजेटमा युवा रोजगारमूलक कार्यक्रम नभएको, ठूलो पुर्वाधार नीजि क्षेत्रलाई
दिने कुरा गलत भएको र बजेटले युवा, विद्यार्थी, दलितलाई नसमेटी कालोबजारीलाई सहयोग गरेको बताए । सांसद प्रमिला राईले प्रभावकारी कार्यान्वयन हुन सकेमा बजेट राम्रो भएको र सुर्तीजन्य पदार्थको बारेमा सकेसम्म १०० प्रतिशत कर लगाउन सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद नारदमुनि रानााले संविधानले समाजबादोन्नुमख स्वतन्त्र र आत्मनिर्भरमूलक अर्थतन्त्रको व्यवस्था भनिए पनि बजेट चुनावमुखी र वितरणमुखी रहेको बताए ।
सांसद पार्वता डिसी चौधरीले बजेट राम्रो आएको र कार्यान्वयन प्रभावकारी हुन जरुरी भएको बताएकी छिन् । सांसद व्रिजेशकुमार गुप्ताले लुम्बिनीको सडक चार लेनको बनाउनुपर्ने सुझाव दिएका छन् । बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल जारी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार