पाँच दिनमा एउटै स्थानमा डुबेर तीन को मृत्यु
नेपालबहस संवाददाता
जेठ १९, २०७९ बिहिबार २३:५९:५२
१९ जेठ, धनगढी । धनगढी–३ स्थित मोहना नदीमा डुबेर एक जना तेस्रो लिंगी महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी–३ स्थित राजघाट जोड्ने पुलमुनि नुहाउन गएकी तेस्रो लिङ्गी महिलाको मृत्यु भएको हो ।
पुलको मुनी खोचमा डुबेर अन्दाजी ४० वर्षीया तेस्रो लिंगी महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । मृतकको पहिचान भने खुल्न नसकेको उनले बताए ।
मृतकको पहिचानका लागि तेस्रो लिंगी व्यक्तिको संगठन ब्लु डाइमण्ड सोसाईडीसँग आग्रह गरिएको उनले बताए ।
सोही स्थानमा यही जेठ १५ गते नम्बर ३ का साढे ९ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको पनि डुबेर मृत्यु भएको थियो । पुल मुनी नदीको गहिरो खोच बनेको र सो स्थानमा पौडिखेल्न नसकेर मानिसको मृत्यु हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए । अबदेखि भने सो स्थानमा पौडी खेल्न प्रतिबन्ध गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पाख्रिबासमा पिकअप दुर्घटना, चालक र सहचालकको मृत्यु
पुष २६, २०८१ शुक्रबार
आगलागीमा परी एक जनाको मृत्यु
पुष २५, २०८१ बिहिबार
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
फुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
महिला लघुवित्तले शेयरधनीका लागि लाभांश वितरण नगर्ने
पुष २६, २०८१ शुक्रबार
सिटिजन्स बैंकको २ लाख ६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
पुष २६, २०८१ शुक्रबार
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?
पुष २६, २०८१ शुक्रबार
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
पुष २६, २०८१ शुक्रबार