स्याङ्जाका स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख बजेट विनियोजन
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १३:१३:२८
♦ प्रकाश डोटेल
२० जेठ, स्याङ्जा । सरकारले आगामी आर्थिक वर्षका लागि स्याङ्जाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०७९/८० को बजेट आइतबार सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले जिल्लाका ११ स्थानीय तहलाई ४ अर्ब ६६ करोड २४ लाख रुपैयाँ विनियोजन गरेकाहुन् ।
जिल्लाका ११ स्थानीय तहका लागि ४ अर्ब ६६ करोड २४ लाख विनियोजित बजेटमा समानीकरण अनुदान तर्फ १ अर्ब २७ करोड १३ लाख रहेको छ भने सशर्त अनुदान अन्र्तगत ३ अर्ब ३ करोड ५३ लाख रहेको छ । समपूरक अनुदानमा १६ करोड ३० लाख र विशेष अनुदानतर्फ १९ करोड २८ लाखरहेको उल्लेख गरिएको छ ।
जिल्लाका ५ नगरपालिकालाई २ अर्ब ७० करोड १७लाख र ६ गाउँपालिकातर्फ १ अर्ब ९६ करोड ७ लाख विनियोजन गरिएको छ । नगरपालिकातर्फ सबैभन्दा बढी पुतलीबजारलाई ६३ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ भने कमभीरकोटलाई ३९ करोड ७३ लाख विनियोजन गरिएको सार्वजनिक बजेटमा उल्लेख छ ।
पुतलीबजारलाई समानीकरण अनुदानतर्फ १५ करोड ९१ लाख, सशर्त अनुदान अन्तर्गत ४५ करोड ८२ लाख र समपुरक अनुदानमा १ करोड ४० लाख गरी ६३ करोड १३ लाखगरी ६३ करोड १३ लाख विनियोजन गरिएको छ ।
वालिङ नगरपालिकालाई ६२ करोड ५७ लाख विनियोजन गरेको छ । विनियोजित रकममा समानीकरण अनुदानतर्फ १७ करोड ३२ लाख, सशर्त अनुदान अन्तर्गत ४२ करोड २५ लाख, समपुरक अनुदानमा २ करोड २० लाख र विशेष अनुदान ८० लाख गरी ६२ करोड ५७ लाख विनियोजन गरिएको हो ।
गल्याङ नगरपालिकालाई ५५ करोड ३२ लाख विनियोजन गरेको छ । विनियोजित बजेटमा समानीकरण अनुदानतर्फ १४ करोड २२ लाख, सशर्त अनुदानअन्तर्गत ३७ करोड १० लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदानमा २ करोड रहेको छ ।
समानीकरण अनुदानमा ११ करोड ५४ लाख, सशर्त अनुदानतर्फ ३२ करोड ७४ लाख, समपूरक अनुदान २ करोड ५० लाख र विशेष अनुदानमा २ करोड गरी चापाकोट नगरपालिकालाई ४९ करोड ४२ लाख विनियोजन गरिएको छ ।
अर्थ मन्त्रालयले भीरकोट नगरपालिकालाई ३९ करोड ७३ लाख विनियोजन गरेको छ । समानीकरण अनुदानतर्फ ११ करोड ५९ लाख, सशर्त अनुदान अन्तर्गत २६ करोड ३४ लाख, समपूरक अनुदानमा ८० लाख र विशेष अनुदान १ करोड गरी ३९ करोड ७३ लाख विनियोजन गरिएको हो ।
त्यसैगरी जिल्लाका ६ गाउँपालिका मध्ये कालीगण्डकीलाई ३८ करोड ४० लाख विनियोजन गरिएको बजेटमा समानीकरण अनुदानतर्फ १० करोड ९३ लाख, सशर्त अनुदान अन्तर्गत २३ करोड ४७ लाख, समपूरक अनुदान २ करोड र विशेष अनुदान २ करोड रहेको छ ।
समानीकरण अनुदानतर्फ ९ करोड ३२ लाख, सशर्त अनुदान अन्तर्गत २२ करोड ४, समपूरक अनुदानमा १ करोड ५० लाख र विशेष अनुदान २ करोड ५० लाखगरी आँधीखोला गाउँपालिकालाई ३५ करोड ३६ लाखबजेट विनियोजन गरिएको बताइएको छ ।
विरुवा गाउँपालिकालाई ३३ करोड ६० लाख विनियोजन भएको छ । समानीकरण अनुदानमा ९ करोड ६४ लाख, सशर्त अनुदानतर्फ २२ करोड ६ लाख, समपूरक अनुदानमा ९० लाख र समपूरक अनुदानमा १ करोड गरी ३३ करोड ६० लाख विनियोजन गरिएको हो ।
समानीकरण अनुदानतर्फ ९ करोड ३३ लाख, सशर्त अनुदान अन्तर्गत १७ करोड १९, समपूरक अनुदानमा १ करोड ६० लाख र विशेष अनुदानमा २ करोड ४९ लाख गरी हरिनाश गाउँपालिकालाई ३० करोड ६१ लाख विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
अर्जुनचौपारी गाउँपालिकालाई ३० करोड ४९ लाख विनियोजन भएको छ । समानीकरण अनुदानतर्फ ९ करोड ४ लाख, सशर्त अनुदान अन्तर्गत १८ करोड ४५, समपुरक अनुदान ७० लाख र विशेष अनुदानमा २ करोड ३० लाख विनियोजन भएको छ ।
समानीकरण अनुदानतर्फ ८ करोड २९ लाख, सशर्त अनुदान अन्तर्गत १६ करोड ७लाख, समपूरक अनुदानमा ७० लाख र विशेष अनुदान२ करोड ५५ लाख गरी फेदीखोला गाउँपालिकालाई २७ करोड ६१ लाख विनियोजित बजेटमा समाबेश गरिएको छ ।
गाउँपालिकामा सबैभन्दा बढी कालीगण्डकीलाई ३८ करोड ४० लाख रुपैयाँ छ भने कम फेदीखोलालाई २७ करोड ६१ लाख विनियोजन गरिएको छ । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ३१ करोड ४८ लाख बजेट बढि विनियोजन गरिएको छ । संघीय सरकारले बजेट विनियोजन गरेसँगै जिल्लाका स्थानीय पालिकाहरु आगामी आर्थिक वर्षका लागि आन्तरिक रुपमा बजेटको तयारीमा जुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको बयान सकियो, आजदेखि थुनछेक बहस
पुष २९, २०८१ सोमबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार