२०७९ साउन १ भित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नूः विभाग
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १४:३०:१०
काठमाडौं । यातायात व्यवस्था विभागले नयां आर्थिक वर्ष सुरु अर्थात साउन १ गतेभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सूचना जारी गरेको छ । विभागले इम्बोस्ड नम्बर प्लेट जाडन नगरेको पाइएमा साउन १ गतेबाट कारबाही सुरु गरिने जनाएको छ ।
वागमती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने विभागले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न लागिएको विभागले जनाएको छ ।
प्रदेश मातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्न ०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको र सो सूचनाअनुसार गर्न भनिएको छ ।
वाग्मती प्रदेशको एकान्तकुना–ललितपुर र गुर्जुधारा–काठमाडौं र गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरिएको विभागले जनाएको छ ।
सवारीहरुमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानुन बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएकोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको सूचनामा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार