संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई अभिमूखीकरण तालिम दिने
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १६:४२:४
२० जेठ, काठमाडौं । संघीय सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमूखीकरण तालिम दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमूखीकरण तालिम दिन लागेको हो ।
मन्त्रालयका सहसचिव डा गोपिकृष्ण खनालका अनुसार ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमूखीकरण दिइने भएको हो । प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा २५–२६ जेठ अभिमूखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७–२८ जेठमा मिति तय भएको छ ।
त्यस्तै, बागमती र लुम्बिनीमा ३०–३१ जेठमा अभिमूखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धीत प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार