जनकपुरधामद्वारा सरसफाइको जिम्मा वडा वडालाई
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १६:५७:४०
२० जेठ, जनकपुर । मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिले नगर क्षेत्र सरसफाइको जिम्मा वडा–वडालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
विगतमा उपमहानगरपालिका कार्यालयबाट मात्र केन्द्रितरूपमा नगरको सरसफाइ हुँदै आएकामा अब नगरको मुख्य सडक उपमहानगरपालिका कार्यालयबाट र सहायक गल्लीहरू सम्बन्धित वडा कार्यालयबाट सरसफाइ गर्ने गरी वडा–वडालाई जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो । उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहले पदभार ग्रहण गरेकै दिन सरसफाइको जिम्मा वडा–वडामा विकेन्द्रिकृत गर्ने निर्णय गरेका छन् । त्यही निर्णयलाई कार्यान्वयन गर्न उपमहानगरपालिकाले २५ वटै वडालाई सरसफाइका लागि आवश्यक बजेट, जनशक्ति र सवारीसाधन हस्तान्तरण गर्ने तयारी छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्यायका अनुसार चार टिपरलाई नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि प्रयोग गरिएको छ । “थप ६ ट्र्याक्टर खरिद प्रक्रियामा छ, त्यसलाई पनि फोहरमैला व्यवस्थापनमा प्रयोग गर्छौँ”, उनले भने । फोहर व्यवस्थापन गर्ने ठाउँ आभाव हुँदा विगतमा अस्तव्यस्त बनेको उपमहानगर क्षेत्रको सरसफाइलाई प्राथमिकतामा राखेर योजना अघि बढाइएको उपाध्यायले बताए ।
“फोहर संकलन गरेर व्यवस्थापन कहाँ गर्ने भन्ने समस्या छ”, उनले भने, “अस्थायीरूपमा तत्कालका लागि वडा नं २० मा जग्गा भाडामा लिएर फोहरमैला व्यवस्थापन गर्दै आएका छौँ । स्थायी समाधानका लागि पहल भइरहेको छ ।” बढ्दो सहरीकरण र जनसङ्ख्याका कारण जनकपुर उपमहानगरपालिकामा दैनिक फोहर बढ्दै गएको छ । केही वर्षअघिसम्म उपमहानगरपालिका क्षेत्रमा दैनिक सात मेट्रिक टनसम्म फोहर संकलन हुने गरेकामा पछिल्लो समय दैनिक १० मेट्रिक टनसम्म संकलन हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार