म्याग्दीका स्थानीय तहमा कार्यपालिकाले पूर्णता पायो
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १७:३३:४५
२० जेठ, म्याग्दी । स्थानीय तह निर्वाचनअन्तर्गत म्याग्दी जिल्लाका छवटै स्थानीय तहको कार्यपालिकाले पूर्णता पाएको छ ।
गत वैशाख ३० गते भएको स्थानीय तह चुनावबाट निर्वाचित जनप्रतिनिधिको मतदानबाट बेनी नगरपालिकामा आठ र पाँचवटा गाउँपालिकामा छ÷छ जना सदस्य चुनिएसँगै कार्यपालिकाले पूर्णता पाएका हुन् ।
बेनी, धौलागिरि र रघुगंगामा सत्तारुढ दलको गठबन्धन, अन्नपूर्ण र मंगाला गाउँपालिकामा नेकपा (एमाले) तथा मालिका गाउँपालिकामा एमाले, माओवादी र नेकपा एकीकृत समाजवादीका उम्मेदवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् ।
बेनी नगर कार्यपालिका सदस्यमा दलित वा अल्पसङ्ख्यकतर्फ नेपाली कांग्रेसका मनकुमारी विश्वकर्मा, माओवादी केन्द्रका किसान विश्वकर्मा, एकिकृत समाजवादीका कृष्णकुमार विश्वकर्मा, महिला सदस्यतर्फ काँग्रेसका निर्मला मल्ल, बबिता सापकोटा सृजना श्रेष्ठ, माओवादी केन्द्रका मिनाकुमारी कार्की र सुजाता किसान निर्वाचित भएका छन् ।
मंगला गाउँपालिकाको दलित वा अल्पसङ्ख्यक कार्यपालिका सदस्यमा एमालेका शंकर शेरचन र टेकबहादुर किसानको एकल मनोनयन दर्ता भएपछि निर्विरोध भएका छन् । महिला सदस्यमा एमालेकी डिलकुमारी खत्री, तिलकुमारी खत्री, भूमिसरा बुढाथोकी र सरस्वती उपाध्याय निर्वाचित भएका छन् ।
धौलागिरि गाउँपालिकाको अल्पसङ्ख्यक वा दलित कार्यपालिका सदस्यमा कांग्रेसका भवीन्द्र छन्त्याल र एकीकृत समाजवादीका देउप्रसाद छन्त्याल पुन, महिलातर्फ कांग्रेसकी फुलमाया बुढाथोकी, नरकुमारी बुढाथोकी, नेकपा माओवादी केन्द्रका डिलकुमारी विक र सीताकुमारी छन्त्याल निर्वाचित भएका छन् ।
रघुगंगाको गाउँपालिकाको दलित वा अल्पसङ्ख्यक कार्यपालिका सदस्यमा कांग्रेसकी सम्झना परियार र माओवादीका होमबहादुर दर्जी, महिलातर्फ कांग्रेसका कुमारी पुर्जा गर्बुजा, धनमाया गोतामे, प्रिति गर्बुजा र सोमिता पुन निर्वाचित भएका छन् ।
अन्नपूर्ण गाउँपालिकाको दलित वा अल्पसंख्यकबाट कार्यपालिका सदस्यमा एमालेका वीरबहादुर पौडेल र मिठु विक, महिला सदस्यमा देवकुमारी पुन, गेममाया पुन, विष्णुकुमारी गर्बुजा र आशा गुरुङ निर्विरोध भएका हुन् ।
कार्यपालिका सदस्यसहित जिल्लामा स्थानीय तह निर्वाचनबाट २५० जनप्रतिनिधि चुनिएका छन् । कार्यपालिकाले पूर्णता पाएसँगै जिल्ला समन्वय समिति गठनको तयारी भएको छ । जिसस गठनका लागि जिल्लामा एमालेको एकल बहुमत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार