अब तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु पर्दैन
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १७:४८:०
२० जेठ, सिन्धुपाल्चोक । गत साल निर्माणगरे लगत्तैअसार र साउनको बाढीले पक्की पुल बगाएपछि मेलम्चीघ्याङ, टेजा, तर्कदोल, कुसङपाललगायत क्षेत्रका बासिन्दा तुइनमा झुण्डिएर मेलम्चीखोला वारपार गर्न बाध्य थिए । हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल बनेपछि अब उनीहरुलाई तुइनमा झुण्डिएर मेलम्ची खोला तर्नु नपर्ने भएको छ ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकोतेमा झोलुङ्गे पुल निर्माण भएपछि ती बस्तीमा सहजै आवतजावत गर्न सजिलो भएको हेलम्बु–१ का वडाध्यक्ष दावा ग्यालजेन शेर्पाले बताए । उनका अनुसार गत साल असार र साउनको बाढीले निर्माण गरेको लगत्तै पक्की पुल बगाएकाले ती बस्तीमा तुइनको सहारामा मानिसले आवतजावत गरिरहेका थिए ।
स्थानीय बासिन्दाका साथै मुलुककै नमूनाको रुपमा चिनिने मेलम्ची घ्याङ माध्यमिक विद्यालयसमेत रहेको मेलम्ची घ्याङ बस्तीमा टाढाटाढाका साना विद्यार्थीलाई विद्यालय आउनजान कठिनाइ परेकोले प्राथमिकतामा राखी तीन महिनामै पुल निर्माण गरिएकोे हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
उनले भने, “अब तुइनको जोखिम यात्रा गरेर मेलम्ची खोला तर्नुपर्ने समस्या टरेको छ । यस कार्यका लागी सहयोग गर्नुहुने सम्बन्धित सबैप्रति आभारी छु। यस वर्ष पनि बाढीले पु-याउन सक्ने क्षतिप्रति हामि सचेत छौँ ।” अध्यक्ष शेर्पाका अनुसार उक्त पुल निर्माणपश्चात् बस्तीका बासिन्दा र विद्यालयका विद्यार्थी मात्र नभई मेलम्ची घ्याङको बाटोबाट ठाडेपाटी हुँदै गोसाँइकुण्डसम्म जाने तीर्थयात्री र पर्यटकको लागि पनि सहज भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार