‘प्याकेजिङ’ खाद्यवस्तुबारे विद्यालयमा सचेतना
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार १८:२९:१६
२० जेठ, बलेवा । बागलुङका विद्यालयमा बालबालिकालाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुबाट स्वास्थ्यमा हुने दीर्घकालीन असरबारे सचेत बनाइने भएको छ । विद्यालयमै पुगेर ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुको लेबल विवरण तथा खाद्य स्वच्छतासम्बन्धी जानकारी गराइने भएको खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।
आउँदो जेठ २४ गते मनाइने चौधौँ खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित विविध कार्यक्रमअन्तर्गत विद्यालय तहका विद्यार्थीलाई ‘प्याकेजिङ’ गरिएका खाद्यवस्तुसम्बन्धी सचेतनालाई प्राथमिकतामा राखेको हो ।
‘स्वच्छता सन्तुलित आहार, स्वस्थ जीवनको आधार’ भन्ने नारासहित मनाउन लागिएको दिवसमा उपभोक्ताको खाद्य स्वच्छतासम्बन्धी अधिकार प्रत्याभूति गर्न बालबालिकालाई सचेत गराउन थालिएको डिभिजन प्रमुख सौरभ श्रेष्ठले बताए ।
“हामीले यसअघि पनि सदरमुकामा रहेका केही विद्यालयमा खाद्य स्वच्छतासम्बन्धी कार्यक्रम सञ्चालन गरीसकेका छौँ”, उनले भने , “विद्यालयको वातावरण हेरेर दिवसको अवसरमा केही विद्यालयका बालबालिकामा सचेतनामूलक कार्यक्रम लैजाने यस पटकको योजना छ ।
” बालबालिकालाई सचेत गराउँदा भावी पुस्तामा खाद्य स्वच्छतासम्बन्धी चेतनाको विकास हुने र वर्तमानमा अस्वस्थ्य खाद्यान्नको प्रयोगमा कमी आउने उनको बुझाइ छ ।
विद्यालयमा दिवा खाजाको रुपमा प्रयोग हुने ‘प्याकेजिङ’ खानाको लेबल तथा म्याद र त्यसमा प्रयोग भएका खाद्यवस्तुको विषयमा जानकारीको अभावमा बालबालिकाले अखाद्य वस्तु प्रयोग गरिरहेका कतिपय घटना बेलाबेलामा बाहिरिने गरेका छन्
। सरकारले कक्षा ५ सम्मका बालबालिकाका लागि दिवा खाजाको व्यवस्था गरेको भए पनि बागलुङका अधिकांश विद्यालयले खाजाको व्यवस्था नगरी प्रतिविद्यार्थी खाजाबापत प्राप्त हुने रकम अभिभावकको जिम्मा लगाउने गरेका छन् ।
डिभिजन कार्यालयले जेठ १९ गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरेर खाद्य स्वच्छता दिवस मनाइरहेको छ । सप्ताहअन्तर्गत विद्यालयमा सचेतना कार्यक्रमका साथै होटल तथा रेष्टुराँ अनुगमन गर्ने, बजार तथा खाद्य उद्योग अनुगमन गर्ने खाद्यान्नमा प्रयोग हुने रङको विषयमा सचेनतामूलक कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए ।
खाद्य स्वच्छतासम्बन्धी विभिन्न जानकारी समेटिएका प्रचार सामग्री कार्यालय परिसर तथा मानिसको आवतजावत बढी हुने ठाउँमा राख्न थालिएको छ । दिवस मनाउन डिभिजन कार्यालयले आम सर्वसाधारणलाई स्वच्छ खाद्यवस्तु प्रयोग गर्न पाउने उपभोक्ताको अधिकारप्रति सचेत रहनेगरी सप्ताहव्यापी कार्यक्रममा सहभागी हुन अपिल गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार