‘अग्रजका बिम्बहरु’ चित्रकला एवं मूर्तिकला प्रदर्शनीमा दर्शकको उपस्थिति बढ्दै
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार २१:१४:४३
२० जेठ, काठमाडौं । सुशील कोइराला मेमोरियल फाउन्डेसन र प्यागोडा समूहको आयोजनामा भइरहेको ‘अग्रजका बिम्बहरु’ शीर्षकको चित्रकला एवं मूर्तिकला प्रदर्शनीमा दर्शकको उत्साहजनक उपस्थिति रहेको छ । यही जेठ १७ गतेदेखि नेपाल कला परिषद् बबरमहलमा सुरु भएको प्रदर्शनी जेठ २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
प्रदर्शनीमा तेजबहादुर चित्रकार, लैनसिंह वाङ्देल, वत्सगोपाल वैद्य, वीरेन्द्रप्रताप सिंह, गौतमरत्न तुलाधर, गोपाल कलाप्रेमी, गोविन्द डङ्गोल, प्रा गोविन्दनारायण ज्यापू, जीवन राजोपाध्याय, कान्छाकुमार कर्माचार्य, किरण मानन्धर, कृष्ण मानन्धर, प्रा डा लय मैनाली, लोक चित्रकार, मदन चित्रकार, मनुजबाबु मिश्र, मुकेश मल्ल, मुक्तिसिंह थापाका मूर्ति एवं चित्रकला प्रदर्शनीमा राखिएका छन् ।
यसैगरी नवीन्द्रमान राजभण्डारी, नुनेनराज शाक्य, पुरण खड्का, राधेश्याम मुल्मी, रमेशनाथ खनाल, शशीविक्रम शाह, शशीकला तिवारी, डा सीमा शर्मा शाह, शङ्करराज सिंह सुवाल, श्यामलाल श्रेष्ठ, ठाकुरप्रसाद मैनाली, उदयचरण श्रेष्ठ, उमाशङ्कर शाह, उत्तम नेपाली, विजय थापा, रोशन प्रधान, प्रद्युम्न श्रेष्ठ, रुद्रबहादुर पुन, पासाङविक्रम लामा, माला श्रेष्ठ र किशोर नकर्मीका मूर्ति एवं चित्रकला प्रस्तुत गरिएको छ ।
अग्रज कलाकारको सम्मानका लागि कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रमको शुभारम्भ गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमाले प्रदर्शनीले कोभिडले ल्याएको सुस्ततालाई अन्त्य गरी कला क्षेत्रमा थप गतिविधि गर्न सहयोग गर्ने बताए । प्रदर्शनीले अग्रज कलाकारका कृतिलाई युवा पुस्तामा लैजान सहयोग मिलेको उनको भनाइ थियो ।
कार्यक्रममा फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले यस्ता कार्यक्रमलाई निरन्तरता दिन सहयोग जारी रहने बताउनुभयो । सो अवसरमा कलाकार मदन चित्रकार, सिद्धार्थ आर्ट ग्यालरीका निर्देशक सङ्गीता थापालगायतले कोभिडपछि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु जरुरी रहेको बताए । कार्यक्रममा अग्रज कलाकारलाई अभिनन्दपत्रसहित सम्मानित पनि गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नेपाललाई हिन्दू अधिराज्य बनाउने विषयमा दिल्लीमा बहस
पुष १६, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार