जीडीपी अनुपातमा ठिक छ, तलब वृद्धि र ऋणको साँवा व्याजले चालु खर्च बढी देखियो: अर्थमन्त्री
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शुक्रबार २३:३७:५१
२० जेठ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट जीडीपी अनुपातमा गतवर्षभन्दा चालु खर्च कम रहेको बताएका छन् । उनले बजेट महत्वाकांक्षी नभई वास्तविक रहेको दावीसमेत गरेका छन् ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको विनियोजन तथा आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुमाथि जवाफ दिँदै शर्माले आगामी निर्वाचन, कर्मचारीको तलब वृद्धि, सामाजिक सुरक्षा, दिवा खाजा कार्यक्रम तथा आन्तरिक ऋणको साँवा र ब्याज भुक्तानी गर्नुपर्ने भएकाले बजेटको आकार ठूलो देखिएको बताए ।
उनले सरकारले लिएको ऋणको साँवा बुझाउने अवधि यही वर्षभित्र पर्न आउने र ऋणको साँवा बुझाउन मात्र यसवर्ष करिब ५० अर्ब रुपैयाँले दायित्व थपिएको भन्दै खुद बजेट घाटा चालु आर्थिक वर्षको अनुमानित कुल ग्राहस्थ्य उत्पादनको ५ प्रतिशत बराबर मात्रै रहेको बताए ।
जीडीपीको तुलनामा बजेटको आकार चालु आर्थिक वर्षको तुलनामा आगामि आर्थिक वर्षका लागि कम रहेको पनि उनको भनाई छ । आफूले सबै सरोकारवालाहरुको सुझावमा बजेट तयार पारिएकाले त्यसमा सबैको स्वामित्व हुनुपर्ने भन्दै आगामी आर्थिक वर्षको बजेटलाई अघिल्ला आर्थिक वर्षका बजेटहरूसँग तुलना गर्न पनि उनले सांसदहरूलाई आग्रह गरे ।
चालु आर्थिक वर्षमा अनिवार्य दायित्व नरहेका विषय मन्त्रालयगत सूचना व्यवस्थापन प्रणाली (एलएमबीआईएस)मा प्रविष्ट नगरेकाले पनि चालु खर्च बढी देखिएको पनि शर्माको भनाई छ । ‘प्रहरीको तलबसमेत एलएमबीआईएसमा राखिएको रहेनछ । कर्मचारीलाई दिइएको २ हजार रुपैयाँ पनि त्यहाँ उल्लेख गरिएको थिएन । थुप्रै कुरा छुटेका थिए । तर अहिले हामीले सबै प्रविष्ट गरेका छौं र पारदर्शी रूपमा राखेका छौं,’ शर्माले भने ।
बजेटमा विगतका कार्यक्रमले निरन्तरता पाएको भन्दै उनले भने, ‘संविधानमा यति महिनाको मात्र बजेट ल्याउने बारे मैले कतै केही प्रावधान देखिन, जस्तोसुकै अवस्थामा पनि बजेट वार्षिक रुपमै आउँछ, निर्वाचन हुन्छ, नयाँ सरकार बन्छ, बजेटको कार्यान्वयनको प्रक्रियाले समग्र रुपमा उथलपुथल हुन्न ।’ उनले सबैसँग छलफल र बहस गरेरै बजेट ल्याएको स्पष्ट पारे ।
इन्डक्सन चुलो वितरणको कार्यक्रम भोटका लागि नआएको भन्दै उनले विपक्षी दलसँगै बाँड्न जाने प्रस्ताव समेत गरे । बजेट अवास्तविक र महत्वकांक्षी भएको सांसदहरुको आरोपबारे बोल्दै उनले अघिल्ला आवको बजेट र आगामी आवको बजेट तुलना गर्न सुझाव दिए । बजेट बनाउदा संयमता अपनाइएको भन्दै उनले बजेट अनुशासनमा समेत ध्यान दिइएको बताए ।
चालु आवमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । चालु आवको बजेट त्यसअघिको बजेट भन्दा १०।७३ प्रतिशत बढी भएको उदाहरण दिँदै उनले यस आवको तुलनामा आगामी आवको बजेट ९।८६ प्रतिशतले मात्र बढी भएको बताए ।
गत वर्षको तुलनामा आन्तरिक ऋणको साँवा बुझाउने वर्ष आगामी आव भएकाले चालु खर्च केही वृद्धि भएको उनले जानकारी दिए । उनको अनुसार ५० अर्ब रुपैयाँ बराबरको सावाँ भुक्तानी आगामी आवमा गर्नुपर्ने दायित्व छ ।
शर्माले प्रतिपक्ष सांसदका बजेटमाथिका टिप्पणीलाई बाध्यतामा बोलिएका विषयका रूपमा व्याख्या गरेका छन् । बजेटमाथि उठाइएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शर्माले प्रतिपक्षले मनबाट भन्दा पनि बाध्यताले मात्र बोलिरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
विद्युत् चुहावट १२.७३ प्रतिशतले घट्यो, प्राधिकरण ४७ अर्ब नाफामा
पुष २७, २०८१ शनिबार
५ महिनामा ६ खर्ब ४० अर्ब ४३ करोड विप्रेषण भित्रियो
पुष २७, २०८१ शनिबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार