निर्वाचन प्रक्रिया बाँकी रहेसम्म दलहरुले जनप्रतिनिधिहरुलाई कार्यक्रममा नबोलाउनूः आयोग
नेपालबहस संवाददाता
जेठ २०, २०७९ शनिबार २:४८:२४
२० जेठ, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया बाँकी रहेको भन्दै राजनीति दललाई स्थानीय तहका जनप्रतिनिधिहरुलाई कुनै पनि कार्यक्रममा नबोलाउन आग्रह गरेको छ ।
जिल्ला समन्वय समितिको चुनाव नसकिएसम्म नयाँ जनप्रतिनिधिहरुलाई पनि कार्य क्षेत्र नछाड्न आयोगले आग्रह गरेको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति जारी गरेर निर्वाचन कार्यक्रम सुरु भइसकेपछि कानुनमा उल्लेखित समयावधिभित्र सम्पन्न गरिसक्नु पर्ने भएकोले कार्यक्षेत्र नछोड्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका हुन् ।
आयोगले निर्वाचन प्रक्रिया सुरु भइसकेपछी बीचमा रोक्न नमिल्नेभएकोले निर्वाचन प्रभावित गर्ने गरी स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई लक्षित गरेर कुनै पनि प्रकारका प्रशिक्षण, गोष्ठी, सेमिनारलगायतका कार्यक्रम आयोजना नगर्न/नगराउन तीनै तहका सरकार, राजनीतितक दल र अन्य सरोकारवालाहरुलाई आग्रह गरेको छ ।
यथाशीघ्र जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न गर्न सबै मुख्य निर्वाचन अधिकृतहरुलाई आयोगबाट निर्देशन गरिसकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहका निर्वाचनको परिणाम घोषणा भयसकेपछि देशभर गाउँकार्यपालिका र नगर कार्यपालिकाको निर्वाचन भइरहेको छ । बुढीगंगा गाउँपालिकामा भने पुन: निर्वाचन गर्ने निर्णय आयोगले यसअघि नै गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार