शिवालय माविमा जनप्रतिनिधिलाई बधाई र शुभकामना
नेपालबहस संवाददाता
जेठ २१, २०७९ शनिबार १५:११:४९
२१ जेठ, पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयले नवनिर्वाचित जनप्रतिनिधिहरूलाई शुक्रबार बधाई तथा शुभकामनासहित सम्मान गरेको छ ।
सो गाउँपालिकाको वडा नम्बर २ को वडा अध्यक्षमा निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन सुवेदीसँगै वडा सदस्यहरूलाई सम्मान गरिएको हो । वडा सदस्यमा निर्वाचित सोही विद्यालयका शिक्षक–अभिभावक सङ्घका अध्यक्ष रामचन्द्र ओझा र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामबाबु सुवेदी तथा हिता रुपाखेती र अनिता रानालाई पनि सम्मान गरिएको थियो ।
त्यसै गरी गाउँपालिकाकै उपाध्यक्षमा निर्वाचित विद्यालयकी पूर्व विद्यार्थी लालसुब्बा गुरुङलाई पनि सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वहरूलाई प्रधानाध्यापक रुपिन्द्र प्रभावी, विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीकृष्ण सुवेदी, विमला गुरुङ, कौशिला परियार तथा शिक्षक विद्यार्थीहरूले फूल, माला, अबिर, सम्मानपत्र, दोसल्लाले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै नवनिर्वाचित वडा अध्यक्ष राजन सुवेदीले वडा नम्बर २ लाई नमुना वडा बनाउन पहल गर्ने बताए । शिक्षालाई सधैँ प्राथमिकतामा राखेर योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै उनले शिवालयको हितका लागि हिजोभन्दा पनि थप ऊर्जाका साथ अघि बढ्ने धारणा राखे ।
आफू निर्वाचित हुनुमा विद्यालय परिवारले गरेको सकारात्मक साथको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पनि सामान्य गल्ती हुँदा पनि सुझाव दिन आग्रह गरे ।
विद्यालय व्यवस्थाप समितिका कार्यवाहक अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रुपिन्द्र प्रभावी, पूर्व प्रधानाध्यापक जयराम सुवेदी, शिक्षक–अभिभावक सङ्घकी शिक्षक प्रतिनिधि शान्ता तिमल्सेनालगायतले शुभकामना दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार