पुतलीबजारमा ‘एक घर एक बिरुवा’अभियान
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार १९:३५:४६
♦ प्रकाश डोटेल
२२ जेठ, स्याङ्जा । स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका वडा नं. १ मा ‘एक घर एक बिरुवा’अभियान शुरु गरिएको छ । विश्ववातावरण दिवसको अवसर पारेर नगरपालिकाको सहयोग, डिभिजन वन कार्यालयका समन्वय र स्थानीय युवा क्लवको आयोजनामाअभियानको शुरुवात गरिएको हो ।
नगरपालिकाको अभियानपथ, ठाडो लाईन र भूपु सैनिक टोलमा अभियान अन्र्तगत प्रत्येक घरमा गमला सहितको बिरुवा रोपण गर्ने कार्यक्रम रहेको छ । डिभिजन वन कार्यालयले बिरुवा उपलब्ध गराएपछि प्रत्येक घरमा नगरपालिकाको सहयोगमा गमलासहित धुपीको बिरुवा रोपण गरिने स्याङ्जा युथ क्लवका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए ।
अभियान पथका करिब एक दर्जन घरमा गमला सहितको धुपीको बिरुवा रोपण गरिएको छ । केहि दिनभित्रमा अभियान पथका झण्डै एक सय घर, ठाडोलाईनकाकरिब ५० र भूपु सैनिक टोलका करिब एक सय घरमा वातावरण मैत्री नगरपालिका बनाउन बिरुवा रोपण गरिने लक्ष्य राखिएको क्लवले जनाएको छ ।
वातावरण दिवसका अवसरमा अभियानको शुभारम्भ गर्दै पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीले वातावरणको क्षेत्रमा विश्वमा बढ्दै गएको चुनौतीको सामनामा वन एकताले मात्रै चिर्न सक्ने बताए । उनले मावन एकताबाट रुख, बिरुवा संरक्षण र सरसफाईको माध्यामबाट मात्रै वातावरणमा देखिएको चुनौतीको सामना गर्न सकिने बिचार व्यक्त गरे ।
“नगरपालिकालाई वातावरण मैत्री बनाउँदै विकासमा सहभागिता जनाउनु सबैको साझा संकल्प हो ।”नगरप्रमुख रेगमीले भने, “साझा संकल्पबाट विकाससँगै मानव जीवनलाई सफा र जीवन्त राख्न सकिन्छ ।”विकासलाई वातावरण मैत्री बनाउन नसक्दा पछिल्लो समय विकासका नाममा वातावरण बिग्रदै गएकोमा रेग्मीले चिन्ता व्यक्त गरे ।
अभियानलाई शहरदेखि गाउँसम्म पु¥याउनु पर्नेमा जोड दिर्दै पुतलीबजार नगर उपप्रमुख देबी अर्यालले स्थानीय क्लवले थालनी गरेको अभियानलाई सबैको सहयोगमा सार्थक बनाउनु पर्नेमा जोड दिईन् । मानवको गतिविधिले आफ्नै सभ्यतामा चुनौती थपिएपछि मानव सक्रियताले नै चुनौतीको सामना गर्नुपर्ने अर्यालले बताईन् । त्यस अवसरमा पुतलीबजार नगरपालिका मार्फत हुने हरेक विकास निर्माणका कार्य वातावरण मैत्रीहुने समेत अर्यालले दाबी गरिन ।
गमलासहित धुपीको बिरुवा घर अगाडी दैलोमै रोपण हुने भएपछि स्थानीय हर्षित छन् । आफ्नो घरको दैलोमा बिरुवा आफै रोप्नुपर्नेमा क्लवको सक्रियतामा घरमै गमलासहितको धुपीको बिरुवा पाउने भएपछि उनीहरु हर्षित भएका हुन् । क्वलको अगुवाईमा नगरपालिकाले वातावरण मैत्री काम गरेकोमा स्थानीयले खुशी व्यक्त गरे ।
विश्व वातावरण दिवस सहितविभिन्न अवसरमा क्लवले सदरमुकाम क्षेत्रमा रचनात्मक कार्यक्रम संचालन गर्दै आएको छ । दिवस र अभियानलाई सार्थक बनाउन युवाहरुको सामुहिक सहभागितामा कार्यक्रम गर्दै आएको क्लवका सचिव रिमल नेपालीले जानकारी दिए । नागरिकको प्रत्येक गतिविधि वातावरण मैत्री हुनुपर्ने आवश्यकता सचिव नेपालीले औल्याएं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार