कबड्डीको चौथो श्रृंखला सिक्किममा प्रदर्शन हुन नपाउने
नेपालबहस संवाददाता
जेठ २२, २०७९ आइतबार २३:४७:३४
२२ जेठ, काठमाडौं । जेठ १४ गते शुक्रबारबाट देशभरका साना–ठूला सबै हल हाउसफुल भइरहेको फिल्म ‘कबड्डी’को चौथो श्रृंखला भारतको सिक्किममा प्रदर्शन हुन नपाउने भएको छ ।
रामबाबु गुरुङ निर्देशित यो चलचित्रकी अभिनेत्री मिरुना मगर र बौद्ध भिक्षु फुर्वा तामाङबीचको विवाद चर्कंदै जाँदा फिल्म ‘कबड्डी ४’लाई भारतको सिक्किममा प्रदर्शन गर्न नदिन माग गरिएको हो ।
सिक्किमका बौद्ध धर्मगुरु ओङ्दी पिन्त्सोले गान्तोकमा पत्रकार सम्मेलन गर्दै फिल्म प्रदर्शनमा रोक लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेका छन् । ‘कबड्डी ४’मा दयाहाङ राईले चित्रण गरेको लामाको चरित्रले सबै लामाको आस्थामा प्रहार गरेको पनि बौद्ध धर्मगुरु पिन्त्सोले बताए ।
सिक्किममा ‘कबड्डी ४’लाई जुन १७ मा रिलिज गर्ने तयारी छ । गत साता सिभिल मलको कफी सपमा मिरुना मगरले आफूलाई दुर्व्यवहार गर्दै बौद्ध भिक्षु फुर्वा तामाङलाई थप्पड हानेकी थिइन् ।
उनको उजुरीपछि प्रहरीले फुर्वालाई पक्राउ गरेको थियो । रिहा गर्नुपर्ने भन्दै प्रदर्शन चर्किएपछि तीन हजार रुपैयाँ धरौटीमा फुर्वालाई रिहा गरियो र दुवैले सहमतिपत्रमा हस्ताक्षर समेत गरेका छन् ।
सिक्किमसहित भारतका १५ सहरमा ‘कबड्डी ४’लाई प्रदर्शन गर्ने तयारी छ । तर बौद्ध समुदायको विरोधपछि भने फिल्मलाई चुनौती थपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार