नेकपा एसले श्रममन्त्रीमा सिफारिस गरेका कुँवर गैरसांसद
नेपालबहस संवाददाता
जेठ २२, २०७९ सोमबार २:१८:४३
२२ जेठ, काठमाडौं । नेकपा एकिकृत समाजवादीले आइतबार आफ्नो पार्टीका बहालवाला मन्त्रीहरुलाई फिर्ता बोलाएर श्रम तथा रोजगार मन्त्रालयमा गैरसांसद शेरबहादुर कुँवरलाई सिफारिस गरेको छ । उनीसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद्मा गैरसांसद मन्त्रीको संख्या दुई पुगेको छ ।
समाजवादीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ नाम सिफारिस गरेको हो । त्यसरी प्रधानमन्त्री देउवालाई बुझाइएका मन्त्री बन्नेहरूको सूचीमा संघीय सांसद नरहेका अछामका कुँवर पनि छन् ।
एकीकृत समाजवादीले कुँवरलाई श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीमा सिफारिस गरेको हो । कुँवर यसअघि राष्ट्रिय सभा सदस्य थिए । उनले गत फागुनमा राष्ट्रिय सभाको चार वर्षे कार्यकाल पूरा गरेका थिए ।
समाजवादीको बैठकले जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरीलाई सहरी विकासमन्त्री, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्री बनाउने निर्णय गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई फिर्ता बोलाएर राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई बढुवा गर्न सिफरिस गरिएको छ ।
कुँवरले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्यता प्राप्त गर्नुपर्छ । उक्त अवधिभित्र सांसद बन्न नसकेमा तत्काल कायम रहेको प्रतिनिधिसभाको कार्यकालभर ती व्यक्ति पुनः मन्त्रीमा नियुक्त हुन अयोग्य हुने संवैधानिक व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार