मोतिचौरमा १०८ धारा निर्माण
नेपालबहस संवाददाता
जेठ २३, २०७९ सोमबार २०:३९:५२
२३ जेठ, गलेश्वर । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३,= दानास्थित घनाजंगलको बीच भागमा पर्ने मोतिचौरमा १०८ धाराका निर्माण गरिएको छ । प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रूपमा वर्णन गरिने मौतिचौरमा दानाबासीले १०८ धारा, मठमन्दिर, स्नानगृहसहित भक्तजनलाई विश्राम गर्ने पाटीपौवा निर्माण गरेका हुन् ।
गाउँपालिकाको रु ८ लाख सहयोग तथा स्थानीयको पहलमा करिब रु २५ लाख जुटाएर १०८ पानीको मूल भएको स्थानमा १०८ धारासहित सामान्य मन्दिरलाई व्यवस्थित बनाएको उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर थापाले बताए । मुक्तिनाथ मन्दिरको जस्तै झल्को दिने गरी भारतको राजस्थानबाट ढुंगा र गाईमुखी ल्याइ धारा बनाइएको हो ।
स्थानीयले रु २० लाखको लागतमा १०८ धारा, रु तीन लाखमा कपडा फेर्ने घर, ठाँटी भवन मर्मत तथा जस्तापाता फेर्न रु दुई लाख ७९ हजार खर्च गरेका छन् । मन्दिरलगायतका संरचना बनाउन स्थानीय समाजसेवी बेलबहादुर पुर्जा, दाना स्थायी घर भई हाल यूकेमा बसोबास गर्ने कृष्ण तुलाचन, हरिमाया राम्जाली, आनन्द पुनलगायतले आर्थिक सहयोग गरेको स्थानीय अन्नपूर्ण–३ का वडाध्यक्ष रमेश पुर्जाले बताए ।
हिउँदमा पनि पानी नसुक्ने १०८ वटै मूलबाट पानी ल्याइएकोले पनि यो धाराको विशेष महत्व रहेको छ । १०८ धारासहित निर्मित संरचनाको शनिबार एक कार्यक्रमकाबीच वडाध्यक्ष पूर्जा, समाजसेवी कृष्ण तुलाचन, कार्यपालिका सदस्य आशा गुरूङले संयुक्त उद्घाटन उद्घाटन गरेका छन् ।
सोही अवसरमा वडाध्यक्ष पुर्जाले मौतिचौरको विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर अगाडि बढ्ने बताए । डेढवर्ष अगाडिसम्म पूजाआजा गर्न आउँदासमेत वन्यजन्तुको आक्रमणबाट त्रसित हुनुपर्ने अवस्था, एकरात काट्नसमेत चरम असुविधा रहेको अवस्थामा अहिले सयौंको सङ्ख्यामा भक्तजन आउने गरेको मन्दिरका मुख्य पूजारी टेकबहादुर थापाको भनाइ छ ।
मोतीचौरमा शिद्घबहार, गुफा मन्दिर र विष्णु लक्ष्मी मन्दिर रहेका छन् । सिद्धबिहार र गुफा मन्दिरमा बलि दिइन्छ भने विष्णुलक्ष्मी मन्दिरमा शाहकारी भाकल गरिन्छ । भाकल पूरा भएपछि भक्तजनले गरेको सहयोगले समेत मन्दिरमा थप संरचना बनाउन सहज भएको व्यवस्थापन समितिको भनाइ छ । मौतिचौरमा प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा विशेष पुजाआजा हुन्छ । सन्तान प्राप्ति, वैदेशिक रोजगार, स्वास्थ्य, शिक्षालगायतका भाकल गर्न विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
जोशी हाइड्रोपावरको साधारण सभा माघ १५ गतेलाई आह्वान
पुष २४, २०८१ बुधबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार