फेरी रोकियो फोहोर, नयाँ सम्झौता नमान्ने भन्दै आन्दोलनमा उत्रिए स्थानीय
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १६:२३:४६
२४ जेठ, काठमाडौं । सोमबार सरकारी पक्षसँग भएको सहमति अमान्य भएको भन्दै स्थानीयले फेरी फोहोर फाल्न अवरोध पुर्याएका छन् । बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले सहमति नमान्ने भन्दै आन्दोलन सुरु गरेको छ ।
सोमबार सिंहदरबारमा भएको सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेंसी नगरपालिका, ककनी गाउँपालिकाबीच भएको सहमतिलाई अमान्य भएको भन्दै समिति पुनः आन्दोलनमा उत्रिएको हो ।
सोमबार प्रभावित क्षेत्रका स्थानीय पालिकासँग महानगर र मन्त्रालयले सहमति गरेपछि उपत्यकाको फोहोर विसर्जन हुने अपेक्षा गरिएपनि स्थानीयवासीले त्यसको विरोध गर्दै मंगलबार बिहानदेखि बन्चरे डाँडामा भेला भएका छन् । फोहोर विसर्जनका लागि गएका टिपरहरुलाई उनीहरुले अवरोध गरेका छन् ।
सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । यता फोहोर उठाएर केही गाडी सिसडोल जाने क्रममा रहेकै बेला स्थानीयले फेरि अवरोध गरेका हुन् ।
स्थानीय श्रीराम ढुंगानाका अनुसार सोमबार बेलुका काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका छन् । यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयनको माग उनीहरुले गरेका छन् । उनका अनुसार स्थानीयलाई सहमति गर्दा बेवास्ता गरिएको छ । जसरी प्रावधिक टोली गठन गरिनुपर्ने हो त्यसरी नभएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार