जिसस पर्साको नेतृत्वका लागि कांग्रेस बलियो तर जसपा निर्णायक
आबिद हुसेन
जेठ २४, २०७९ मंगलबार १८:३:२७
२४ जेठ, बीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि आउँदो २७ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिका बमोजिम नेतृत्व चयनका लागि २७ गते निर्वाचन हुन लागेको हो ।
कार्यतालिका अनुसार मंगलबार उम्मेद्वारी मनोनयन हुँदै छ । दिउँसो २ बजेदेखि ५ बजेसम्मका लागि उम्मेद्वारी दर्ताको समय दिइएको छ ।
बिहीबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने र शुक्रबार मतदान हुने कार्यतालिका रहेको छ । मतदानपछि सोही दिन मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहको निर्वाचन भएको ३० दिन भित्र जिल्ला समन्वय समितिको निर्वाचन हुने गर्दछ ।
समन्वय समितिको नेतृत्वका लागि गाउँपालिका अध्यक्षरउपाध्यक्ष, नगर प्रमुख र उपप्रमुखले मतदान गर्न पाउनेछन् ।समितिमा गाउँपालिका वा नगरपालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधी उम्मेदवार बन्न पाउने व्यवस्था छ ।
९ सदस्य जिल्ला समन्वय समितिमा सभापति, उपसभापति, तीन जना महिला सदस्य, दलित वा अल्पसंख्यकमध्येबाट १ जना र ३ जना अन्य बाट सदस्यमा निर्वाचित हुने व्यवस्था छ ।
जिल्लामा कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत छैन ।
नेपाली कांग्रेसको अध्यक्ष उपाध्यक्ष सहित १२ मत छ भने नेकपा एमाले १०, जनता समाजवादी पार्टीको ५, लोसपा १ रहेको छ । अन्य दलभन्दा नेपाली कांग्रेस बलियो देखिएको छ । तर नेतृत्वका लागि जनतासमाजवादी पार्टी निर्णायक देखिन्छ । कांग्रेस र एमाले जुनैसँग गठबन्धन गरे पनि
समन्वय समितिमा कुनै पनि पार्टीको एकल बहुमत भने छैन । १ महानगरपालिका, ३ नगरपालिका र १० गाउँपालिका गरी १४ स्थानीय तहका २८ प्रमुख उपप्रमुखमध्ये कुनै पनि राजनीतिक दलको एकल बहुमत छैन । एकल बहुमत नभएपछि राजनीतिक दलकाबीचमा गठबन्धन हुने सम्भावना देखिन्छ ।
जनता समाजवादी पार्टी निर्णायक रहँदा उसले समन्वय समितिको सभापति माग गरेको छ । कांग्रेस र एमाले जुनले सभापति दिन्छ उसैसँग गठबन्धन गर्ने गरी जसपाले डिल गरिरहेको बुझिएको छ ।
यस्तो छ कार्यतालिका :
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार