बारामा जग्गा नाप्ने विषयमा झडप, एक जनाको ज्यान गयो
आबिद हुसेन
जेठ २४, २०७९ मंगलबार १८:७:३९
२४ जेठ, बीरगञ्ज । जग्गाको विषयमा झडप हुँदा बारामा एक जनाको ज्यान गएको छ । जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वाका प्रभु प्रसाद कुशवाहाको कुटपिटबाट मृत्यु भएको हो ।
सोमबार दिउँसो जग्गा नाप्ने विषयमा भएको विवाद चर्कँदै गएपछि साँझ दुबै पक्षबीच झडप भएको थियो । झडपमा गम्भीर घाइते भएका प्रभुलाई उपचारका लागि बीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा ल्याइएको भए पनि अधिक कुटाइका कारण उपचारकै क्रममा राती साढे ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको भन्दै स्थानीय किशोरी कुशवाहा र रामप्रवेश महतोलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए । ‘अहिले २ जना पक्राउ परेका छन्,’ उनले भने, ‘हामी घटनाको अनुसन्धान गरिरहेका छौँ ।’
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार