विपक्षी एमालेले भन्यो,‘राणाबिरुद्धको महाभियोग छलफलका लागि चाँडो समितिमा पठाउ’
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १८:२५:२०
२४ जेठ, काठमाडौं । नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध लगाएको महाभियोग प्रस्ताव तत्काल महाभियोग सिफारिस समितिमा पठाउन माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्थाको बैठकमा एमालेका प्रतिनिधिले महाभियोग प्रस्ताव सिफारिस समितिमा पठाउन माग गरेका हुन् ।
कार्यव्यवस्था समितिमा एमालेकी सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीले प्रधानन्यायाधीशविरुद्धको प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाउन माग समितिका एक सदस्यले जानकारी दिएका छन् ।
प्रधानन्यायाधीश जबराविरुद्ध गत फागुन १ गते सत्तारुढ कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव संघीय संसद् सचिवालयमा दर्ता गराएका थिए । प्रधानन्यायाधीशविरुद्ध महाभियोग आएपछि प्रतिनिधिसभाले फागुन तेस्रो साता महाभियोग सिफारिस समिति गठन गरेको थियो ।
समितिमा कांग्रेसका मीनबहादुर विश्वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रका यशोदा सुवेदी र रेखा शर्मा रहेका छन् भने एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे र कृष्णभक्त पोखरेल सदस्य रहेका छन् । एकीकृत समाजवादीबाट कल्याणी खड्का, जसपाबाट प्रमोद साह र लोसपाबाट एकवाल मियाँ रहेका छन् ।
समिति बनेपछि एक पटक मात्रै बैठक बसेको छ भने महाभियोगको प्रस्ताव नआउँदा काम अगाडि बढ्न नसकेको बताइएको छ । समितिको बैठक नबस्दा निलम्बनमा रहेका प्रधानन्यायाधीश जबरामाथि लागेका आरोपको छानबिन भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार