लोसपाले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग माग्यो रेशम चौधरीको रिहाइ
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १८:४८:३१
२४ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सरकारसँग जेलमा रहेका रेशम चौधरीको रिहाइको माग गरेको छ । लोसपाले चौधरीको रिहाइसहित विभिन्न ११ बुँदे माग पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर लोसपाका नेताहरूले नागरिकता विधेयक, मधेस तथा थरुहट आन्दोलनकारीमाथि लागेका मुद्दा फिर्ता र रिहाइ तथा सम्झौता कार्यान्वयन लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा देउवा नेतृत्वको सरकार निर्माण हुने बेला गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न भनिएको छ । संविधानअनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अबिलम्व नागरिकता प्रमाणपत्र प्रदान गर्ने र वैवाहिक अंगीकृतसम्बन्धी हालसम्म कायम रहेको कानुनी व्यवस्थालाई निरन्तरता दिनुपर्ने माग लोसपाको छ ।
उसले मधेस र थरुहट आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र निलम्बित सांसद रेशम चौधरीलाई यथासक्य चाँडो रिहाइ गर्न माग गरेको छ । लोसपाले किसानलाई मलखादको व्यवस्था अविलम्ब गर्न पनि सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन अध्यक्ष ठाकुर, नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, उमाशंकर अरगरियालगायतका नेता बालुवाटार पुगेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले सरकार माग पुरागराउने प्रयासमा रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार