सेनाको नेतृत्वमा “सफा हिमाल अभियान २०२२” सफलता पूर्वक सम्पन्न
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १९:२०:४३
२४ जेठ, काठमाडाैं । नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो संस्करण सफलता पूर्वक सम्पन्न भएको छ ।
विश्व वातावरण दिवसको अवसरमा आइतबार होटल याक एन्ड यतीमा कोकाकोला फाउन्डेसनले समापन समारोह आयोजना गरेको थियो । कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपाल प्रसाद अर्याल लगायत विभिन्न सरोकारवाला संस्थाहरु, अभियान साझेदारहरु, र सरकारी अधिकारीहरुको उपस्थिति रहेको थियो ।
सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट ३३,८०० केजी भन्दा बढी फोहोर (७,२२७ केजी कुहिने र २६,६५० केजी नकुहिने) संकलन भएको छ । संकलन गरिएको फोहोरलाई प्रमाणीकरण पश्चात वर्गीकरण, प्रशोधन, र पुनःप्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिने छ ।
त्यसै गरि सफा हिमाल अभियानका निर्देशकले भने, “सफा हिमाल अभियान २०२२ अन्तर्गत अभियानमा हामीले ४ वटा हिमालबाट ३३ हजार केजी फोहोर संकलन गर्न सफल भएका छौँ । प्रतिकुल मौसमी अवस्था र अत्यधिक उचाइका कारण यो काम चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर अभियान पूरा गर्दै राष्ट्रको स्वाभिमान जोगाउने कार्यमा आफ्नो भूमिकानिर्वाह गर्न पाएकोमा हामी खुशी छौँ । वातावरण सम्बन्धि जिम्मेवार संस्थाहरुको साझेदारी र वहाँँहरुको अथक सहयोगको लागि हामी आभारी छौँ । साथै यस अभियानको शुरुवातदेखि नै हामीलाई प्रदान गर्नुभएको निरन्तर सहयोगको लागि कोका–कोला फाउन्डेसनप्रति कृतज्ञ छौँ ।”
कोका–कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्सब्जर्गले भने, “माउन्टेन क्लिन–अप क्याम्पेनसँग कोका–कोला फाउन्डेसनको साझेदारी भन्नु नै फोहोर–मुक्तवातावरण निर्माणको लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता हो ।
यी हिमालहरू आफ्नो प्राकृतिक सौन्दर्यको लागि विश्व प्रसिद्ध हुनुको साथै नेपालीहरुसँग सांस्कृतिक रुपमा पनि जोडिएका छन् । यस्तो मजबुत प्राकृतिक–संस्कृतिक बन्धनले वासस्थान संरक्षणमा प्रमुख भूमिका खेल्छ । हिमालयको प्राकृतिक सौन्दर्यलाई धेरै पछिसम्म सुरक्षित राखिरहनको लागि कोका–कोला फाउन्डेसनले सदैव सहयोग गरिरहने छ र आशा छ कि यस्ता कार्यक्रमहरुले नेपाल र विश्वभरी नै अझ बढी जलवायु सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न हौसला दिनेछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार