बागलुङ नगरपालिकालाई दुई वर्षभित्र बालमैत्री नगर घोषणा गर्ने तयारी
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार १९:२१:७
♦खेमराज गौतम
२४ जेठ, गलकोट । बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहिलो प्रतिबद्धता कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । नगरपालिकालाई ‘बालमैत्री नगरपालिका घोषणा’को पूर्वतयारी सुरु गरिएको छ । नगरपालिकाले विभिन्न सूचक पूरा गरेर दुई वर्षभित्रै बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ अनुसार बालमैत्री नगरपालिका घोषणका लागि ५१ वटा मापदण्ड पूरा गर्नुपर्ने उल्लेख गरिएको छ । नगरका १४ वटै वडाका वडाध्यक्ष, वडासचिव, नगर कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखलाई सामाजिक विकास कार्यालयले उक्त नगरपालिकालाई बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापनसम्बन्धी जानकारी गराएपछि बालमैत्री नगर घोषणाको पूर्वतयारी थालिएको हो ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागितालाई मुख्य आधारका रुपमा लिइएर बालमैत्री नगर बनाउँदा विकासका धेरै आधारहरु तयार गर्नुपर्ने नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम बालमैत्री स्थानीय शासन प्रवद्र्धन गरी बालमैत्री वडा घोषण गर्ने जिम्मेवारी स्थानीय तहको वडालाई नै छ । उक्त ऐनअनुसार नगरपालिकाले बालमैत्री स्थानीय तह घोषण गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ । सरकारले विसं २०८७ सम्म सबै स्थानीय तहलाई बालमैत्री बनाउने लक्ष्य लिएको छ । बालमैत्री नगर बनाउँदा स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बालअधिकारका सवालहरुलाई प्राथमिकता दिने, बालबालिकाको समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुविधाहरुमा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालसहभागिता बढाउने, सबै भौतिक पूर्वाधारणहरु बालमैत्री हुनुपर्ने, बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसा उन्मूलन गर्नुपर्ने आधार उल्लेख छन् ।
बजेट तथा निर्माणमा जुटे स्थानीय तह
चालु आर्थिक वर्षका लागि बागलुङ नगरपालिकाले रु १० करोड बढाएर रु एक अर्ब पाँच करोड ६८ लाख ३० हजार बजेट ल्याएको थियो । नगरपालिकाको आन्तरिक आम्दानीसमेत वार्षिक एक करोडका दरले वृद्धि भइरहको छ । आगामी आर्थिक वर्षका लागि भने संघीय सरकारले रु १० करोड बजेट बढाएर पठएका कारण नगरपालिकाको बजेट झन्डै एक अर्ब १५ करोडसम्म पुग्ने अनुमान गरिएको छ । बजेट बढेर आउने भएपछि केही योजनासमेत थपिएर आउने भएका छन् । अहिले नगरपालिकाले वडा कार्यालयको समन्वयमा टोलटोलमै गएर बजेट तथा कार्यक्रमका विषयमा छलफल चलाउँदै योजना संकलन कार्यक्रम चलाएको छ ।
स्थानीय जनताको मागअनुसार बजेट तथा कार्यक्रम ल्याउनका लागि अहिले नगरपालिकाले बजेट बढाएर ल्याउने योजनामा छ । उक्त नगरपालिका मात्रै हैन संघीय सरकारको बजेट आइसकेपछि जिल्लाका १० स्थानीय तह बजेट तथा योजना निर्माणमा जुटेका छन् ।पालिकाहरुले टोल भेला गरेर आगामी योजना मागिरहेका छन् भने प्रदेश र केन्द्रमा आफ्नो बजेटले नभ्याउने योजनाहरु निर्णय नै गरे पठाएका छन् । यसपटक जिल्लाका पालिकाको बजेटका लागि संघबाट रु ४७ करोड बढेर आएको र प्रदेशबाट समेत बढ्ने देखिन्छ । स्थानीय तहले अघिल्लो वर्षको तुलनामा यस वर्ष बजेट केही मात्र बढाएर ल्याउने तयारी गरेको छ । यो पटकको बजेट ठूला योजनामा केन्द्रित हुने बागलुङ नगरपालिकाका प्रमुख श्रेष्ठले बताए ।
“यस पटकको बजेट अलि ठूला योजना र पूर्वाधारमै बढी केन्द्रित हुन्छ, कनिका छर्ने बजेट ल्याइने छैन,” उहाँले भन्नुभयो, “अहिले वडा तहमै योजनाको विषयमा छलफल तथा योजना सङ्कलन भइरहेको छ, वडाध्यक्षहरुलाई मैले ठूला देखिने योजना ल्याउनु भनेको छु, साना योजना भैपरी आउनेबाट खर्च गर्ने नगरको योजना छ, वडाध्यक्षले ल्याएको योजनामा नगरपालिकाले समृद्ध नगरका लागि आवश्यक पूर्वाधारका रुपमा बजेटको व्यवस्था गरिन्छ ।”दुर्गम गाउँलाई सुगमोन्मुख बनाउने योजनाका साथ तमानखोला गाउँपालिका पनि बजेट निर्माणमा जुटेको छ । आगमी दिन अधुरा कामलाई पूरा गरेर विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा, शिक्षामा गुणस्तर सुधार र स्वास्थ्य सुधारलगायत योजनालाई प्राथमकिताम राखेर बजेट ल्याइने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
“मैले दोस्रो कार्यकालका लागि गाउँपालिकाको अध्यक्षका रुपमा काम गर्दै गर्दा सुरुमा ल्याइएका योजना पूरा गर्ने र नयाँ केही योजना पूरा गरेर कम्तीमा विकासको आधार खडा गर्ने योजनामा छु, त्यहीअनुसार अहिले वडा तहमै बजेट तथा कार्यक्रमका लागि छलफल भइरहेको छ,” उनले भने, “अहिले छलफलकै चरणमा छौँ, स्थानीयवासीको आवश्यकता र प्राथमिकताको आधारमा बजेट आउँछ ।”बडिगाड गाउँपालिकालाई आगामी आर्थिक वर्षमा रु १७ करोड ९१ लाख बजेट विनियोजन भएको छ । चालु आर्थिक वर्षको तुलनामा बजेट बढेर रु तीन करोड ९९ लाख बढेर आउने भएको छ । अहिले टोलटोलमा जने बजेटका लागि उनीहरुकै आवश्यकतालाई सुनेर योजना संकलन गर्ने काम भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताए ।
उनले आफू जिल्लाकै एक मात्रै महिला पालिका प्रमुख भएका कारण महिला मैत्री बजेट ल्याउन जोड दिने बताए । “महिलाहरुलाई हेलिकप्टरबाट धेरै उद्धार गर्नेमा यो पालिका पर्छ,” अध्यक्ष अधिकारीले भने, “महिला सशक्तिकरणमा जोड दिन्छु, बालमृत्युदर घटाउने र गर्भवती महिलालाई सहयोग पुग्ने गरी नीति तथा कार्यक्रम बनाएर अघि बढ्छु, मुख्य कुरा चेतना वृद्धिमा बजेट ल्याउँछु ।”उहाँले महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्न सके सामाजिक कामको धेरै पाटोमा सुधार आउने अपेक्षा गरे । अध्यक्ष अधिकारीले महिला पालिका प्रमुख हुँदा महिला तथा बालबालिकाको क्षेत्रमा उल्लेख्य काम गर्ने गरी योजना निर्माणमा लागेको बताए । यसैगरी जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र काठेखोला गाउँपालिका पनि बजेट निर्माणमा जुटेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार