भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलन सुरु
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २०:४:१३
२४ जेठ, गोरखा । गोरखाका दुई पालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत संकलनको काम सुरु भएको छ । यसअघि लगत संकलनमा छुटेकाका लागि जिल्लाको बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकाले पुनःलगत संकलनका लागि निवदेन लिने कार्यको थालनी गरेको आयोगका जिल्ला अध्यक्ष कमला नहर्कीले जानकारी दिए ।
“स्थानीय तहको निर्वाचनका कारण गएको वैशाख ९ गतेदेखि यी दुई पालिकामा लगत संकलनको काम रोकिएको थियो”, उनले भने, “रोकिएको काम पुनः सोमबारेदेखि सुरु गरिएको छ । ’’बारपाक सुलिकोट गाउँपालिका र सहिद लखन गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि रोकिएको लगत संकलनको कामलाई निरन्तरता दिएको उनले बताए । उनका अनुसार तत्कालीन भूमिसम्बन्धी समस्या समाधान आयोगमा परेका निवेदनबाहेक छुटपुट भएकाको लागि आयोगले दोस्रो पटक सूचना प्रकाशन गरेर निवदेन आह्वान गरेको हो । आयोगले सुकुम्वासी, दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास भएकाहरुका लागि फरक–फरक फारमको ब्यबस्था गरेको छ ।
आयोगले उपलब्ध गराएको फरक फरक ढाँचाको फारम सहितको विवरण भरेर वडा कार्यालयले संकलन गरी स्थानीय पालिकामा पठाउनेछ । पालिकाले निवेदन प्रमाणित गरी आयोगमा पठाउने व्यवस्था रहेको अध्यक्ष नहर्कीले जानकारी दिए । यसका लागि कर्मचारी व्यवस्थापनको काम सम्बन्धित पालिकाले गर्दै आएको उनको भनाइ छ । स्थानीय तहले त्यो सूची प्रमाणित गरेर पठाएपछि आयोगले नापी कार्यालय सँगको समन्वयमा जग्गा नाप गरी प्रमाणीकरणको काम गर्ने अध्यक्ष नहर्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार