आईआईएफटीको ड्रेसमा ‘ओपनिङ राउण्ड’मै देखिनेछन् ‘मिस नेपालवर्ल्ड’का प्रतियोगीहरु
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २०:९:३८
२४ जेठ, काठमाडाैं । ‘मिस नेपाल वर्ल्ड(२०२२’ का प्रतियोगीहरु हिजोआज प्रशिक्षणमा व्यस्त छन्। ‘मिस नेपाल वल्ड’को यस संस्करणमा २४ जना सुन्दरीताजका लागि प्रतिस्पर्धा गर्दैछन्।
नेपालको सौन्दर्य प्रतियोगिता मध्येकै उत्कृष्ट ‘मिस नेपाल वर्ल्ड-२०२२’को ग्राण्ड फिनाले यही १८ जुन अर्थात असार ४ गते हुँदैछ। हरेक सौन्दर्य प्रतियोगिताको ‘ओपनिङ राउण्ड’लाई महत्वका साथ लिइन्छ ।किनकि पहिलो राउण्डसँगै दर्शकमाझ प्रतियोगीका पहिलो परिचय खुल्छ। त्यसैले प्रतियोगीहरुले ‘ओपनिङ राउण्ड’मा पहिरनले ड्रेसको बेग्लै महत्व राख्छ।
यतिखेर धेरैलाई कौतुहलता लागेको छ कि ‘मिस नेपालवर्ल्ड-२०२२’का प्रतियोगीहरु ‘ओपनिङ राउण्ड’मा कस्ता पहिरनमा देखिँदै होलान् रु अर्थात कस्तो तयारी गरिरहेका होलान् रु यसपटक ‘मिस नेपाल वल्र्ड’का प्रतियोगीहरु पहिलो अर्थात ओपनिङ राउण्डमा आईआईएफटीबाट फेसन डिजाइनिङ ग्राजुएट गरेका डिजाइनरहरुले तयार पारेको डिजइनिङ पहिरनमा प्रस्तुत हुँदैछन्।
आईआईएफटी अर्थात इन्टरनेशनल इन्स्टिच्युट अफफेसन टेक्नोलोजीबाट ग्राजुएट १० जना फेसन डिजाइनरहरु यतिखेर २४ जना सुन्दरीका लागि पहिरन तयार गर्न व्यस्त छन्।
फेसन डिजाइनरहरु पेशल खड्का, पम्फा श्रेष्मगर, संगीत आचार्य, गीता मिश्र, सविता महर्जन, सरिता श्रेष्ठ, दिलमाया मगर, राजन शाह, सविता चेम्जोङ र सुनैना शाहीले आईआईएफटीका निर्देशक विपना थापाको निर्देशन र एकेडेमिक हेड सविन ढुंगानाको निरीक्षणमा प्रतियोगीका लागि परिहन तयार गरिरहेका छन्।
डिजाइनरहरुले २४ प्रतियोगीका लागि चारवटा थिममा पहिरन तयार गरिरहेको आईआईफटीले जनाएको छ। तर, के कस्तो थिम भने खुलाइएको छैन। आईआईएफटीले छोटो समयमै हजारौँ फेसन डिजाइनरहरु उत्पादन गरिसकेको छ।
काठमाडौंको बागबजार र कमलादीस्थित हेरिटेज प्लाजा तथा ललितपुरको कुमारी पाटीमा रहेको आईआईएफटीले फेसन डिजाइनिङका अलावाइन्टेरियर डिजाइनको पनि अध्यापन गराउन सुरु गरेकोछ। यसअघि आईआईएफटीले दर्जनौँ इभन्टहरुमा पहिरनका लागि को–अर्डिनेटर गरिसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार