अनियमितताको आशंकामा छानविन, टेण्डर नै रद्द हुने सम्भावना, समाज कल्याणका को को तानिने हुन् ?
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २०:४०:३७
२३ जेठ, काठमाडौं । अन्ततः अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई नै चुनौति दिँदै समाज कल्याण परिषदले आफ्नो स्वामित्वमा रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गाको टेण्डर गत बुधबार खोलेको छ । ५ वर्षका लागि मनोरन्जनात्मक खेल सञ्चालन गर्न भन्दै परिषदले टेण्डर आह्वान गरेको थियो ।
बुधबार खोलिएको टेण्डरमा ४ प्रतिस्पर्धी रहेपनि यसअघि अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुल्यांकन गरेको जग्गाको दर भन्दा निकै सस्तोमा टेण्डर परेकाले उक्त टेण्डर नै रद्द हुनसक्ने आयोग स्रोतले जनाएको छ ।
बुधबार खोलिएको टेण्डरमा ५ वर्षका लागि २५ रोपनीको एकमुष्ट रकम अमात्य इन्टरनेशनलले १२ करोड ५ लाख ३३ हजार ३ सय ४७ रुपैयाँ २७ पैसा, महाकला कन्ट्र्क्सनले ११ करोड २९ लाख ८८ हजार ७ सय रुपैयाँ, गुडवील मल्टी सप्लायर्सले ८ करोड ७८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँ र स्वयम्भू पीसजोन होटलले ८ करोड ५८ लाख ४९ हजार ८ सय ५८ रुपैयाँ ३८ पैसा कायम छ ।
तर, हाल टेण्डर खोलिएको जग्गा विगतमा काठमाडौं फनपार्कमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकै जग्गा भएको र फनपार्कमाथि तीन वर्ष अघि नै आयोगले मुद्दा दायर गर्ने क्रममा प्रति रोपनी ७८ हजार ५ सय १ रुपैया मुल्य कायम गरेकाले त्यो रकम भन्दा निकै कम न्यूनतम मुल्य कायम गरी बोलपत्र आह्वान गर्नु नै अनुचित कार्य गरेको आशंकाप्रति बल पुग्छ । यसैकारण पनि परिषदका जिम्मेवार पदाधिकारी यस प्रकरणमा मिलोमतोको आशंकामा छानविनमा तानिने संकेत देखा परेको छ ।
बोलपत्रको सुरुवाती प्रक्रियामै अनियमितता देखिएकाले छानविन प्रक्रियालाई प्राथमिकताका साथ हेरिने अख्तियार स्रोतले बतायो । ‘मिलोमतोमा टेण्डर खोल्ने गोप्य चलखेल भइरहेको भन्दै परिषदका पदाधिकारीमाथि आक्षेप लगाउँदै यसअघि नै उजुरी परिसकेको छ, उजुरीलाई प्राथमिकताका साथ हेर्ने कार्य भइरहको छ’, अख्तियार स्रोतले भन्यो, ‘टेण्डरको स्वरुप र आयोगमा प्राप्त सूचनाले मिलोमतो हुन सक्ने सम्भावना छ ।’
समाज कल्याणको भृकटीमण्डपस्थित जग्गाको टेण्डर पार्ने अमात्य इन्टरनेशनलका सञ्चालक हरिगोपाल अमात्य यसअघि सोही स्थानमा मेला सञ्चालन गर्दै आएका व्यक्ति हुन् । २०५० को दशकमा लामो समय भृकुटीमण्डपमा मेला सञ्चालन कार्य गर्दै आएका हरिगोपाल अमात्य देशका विभिन्न स्थानमा हुने मेलामा खेल कार्य सञ्चालन गर्ने ठेकेदारका रुपमा परिचित छन् ।
परिषदका एक कर्मचारीका अनुसार अमात्यले टेण्डर आह्वान गराउने सन्दर्भमा पटकपटक भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराई र परिषदका अन्य पदाधिकारीलाई भेट्ने गरेका थिए । समाज कल्याणका प्रायः कर्मचारीसँग हाल टेण्डर पार्ने हरिगोपाल अमात्यको राम्रो उठबस छ ।
आयोगलाई नै चुनौति दिने गरी गरिएको टेण्डर प्रक्रियाको सुरुवातीमै अनियमितता देखिएपछि उक्त टेण्डर रद्द गराउने बारे अख्तियारमा परेको उजुरी प्राथमिकताका साथ हेरिएको बताइन्छ ।
र याे पनि…
के हेर्दैछ अख्तियार: आफ्नै प्रमाण, आफैँ अलमल ?
भृकुटीमण्डपको सरकारी जग्गा लिजमा दिलाउन मिलेमतो परिषदकै पदाधिकारी मोलतोलमा सक्रिय, अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार
अब मोवाइल टावरहरू नचाहिने हो त ? मस्कको स्टारलिंकले गर्दैछ चमत्कार
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार