भरतपुरस्थित आठ करोड लगानीमा ट्रायल सेन्टर
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २०:३२:७
२४ जेठ, चितवन । भरतपुर महानगरपालिका–८ स्थित तीनतले चोकमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । दुई बिघा तीन कट्ठा जग्गामा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो ।
महालक्ष्मी ट्रायल सेन्टर प्रालिले आज केन्द्र परिसरमा पत्रकार सम्मेलन गरी त्यहाँका सुविधाका बारेमा जानकारी गराएको हो । चितवनका पाँचसहित १५ युवा व्यवसायीले जग्गा भाडामा लिएर केन्द्र स्थापना गरेकोे प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिए । उन्का अनुसार रु आठ करोड लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको र यो देशकै सबैभन्दा ठूलो सवारी चालक प्रशिक्षक केन्द्र हो ।
मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, भारी सवारी साधन, ट्र्याक्टरका साथै हेभी इक्युपमेन्टहरु र दक्ष प्रशिक्षकद्वारा सिकाइने सो सेन्टरमा दैनिक एक हजारलाई प्रशिक्षण दिन सक्ने क्षमता रहेको छ । केन्द्रमा यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र लिन लिइने प्रयोगात्मक तथा लिखित परीक्षाका लागि दैनिक एक हजार ५००को परीक्षा लिन सक्ने क्षमता रहेको उन्को भनाइ थियो ।
उक्त केन्द्रमा १५ कार, जिप, ५० मोटरसाइकल, २५ स्कुटर प्रशिक्षणका लागि व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिएका छन्। टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय व्यवस्था रहेको सो केन्द्रमा अपाङ्ग मैत्री शौचालय, अपाङ्ग मैत्री भवन, पार्किङको उचित व्यवस्था छ । एक पटकमा ७०० सवारी साधन पार्किङ गर्न मिल्ने उनले बताए । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्डअनुसार केन्द्र निर्माण गरिएको हो ।
केन्द्रका सञ्चालक आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक तीन हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताए । उनका अनुसार चार वटा -याम, एट सेप, एलब्याक, युटर्न पाँच–पाँचवटा छन् । यस्तै हम्प तीनवटा, ट्राफिक लाइट चार सेटलगायत संरचना बनाइएको यञ्जिनियर नेपालले बताए । प्रशिक्षण केन्द्र असार पहिलो सातादेखि सञ्चालन आउने जनाइएको छ । चितवनमा ३० भन्दा बढी ड्राइभिङ केन्द्र छन् । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरभित्र प्रशिक्षण केन्द्र रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण
माघ ७, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार