सडकमा यत्रतत्र फोहर महामारी फैलन सक्छ, तत्काल फोहर व्यवस्थापन गरौँ’
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २०:५३:४४
२४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन सबैको टाउको दुखाइको विषय बनेको छ । पछिल्ला समय उपत्यकामा फोहोर उठ्न सकेको छैन । चोकचोक तथा सडकमा यत्रतत्र फोहर थुप्रिएको छ । फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने सरकारको घोषणाले मूर्तरुप लिन सकेको छैन।
उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आइएको नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण फोहर बोकेका गाडी ‘डम्पिङ साइट’ सम्म पुग्न सकेका छैनन् । उपत्यकाको फोहरको दीर्घकालीन व्यवस्थापनका विषयमा राष्ट्रियसभाका सांसदहरुले सरकारको ध्यानाकर्षण गराका छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सांसद गोपीबहादुर सार्की अछामीले काठमाडौंको चोकचोकमा थुप्रिएको फोहरको तत्काल व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । “फोहरले दुर्गन्ध बढेको छ, अहिले पानी परिरहेको छ, यसले हैजालगायत महामारी फैलन सक्छ, त्यसकारण फोहरको चाँडो व्यवस्थापन गर्नुपर्छ”, उनले भने ।
फोहर व्यवस्थापनलाई महानगरको मात्र दायित्वका रुपमा कसैले पनि बुझिदिन नहुने भन्दै उनले फोहरको दीर्घकालीन समाधानका लागि सबै सरोकारवालाको उत्तिकै भूमिका रहने बताए । कुहिने र नकुहिने फोहरलाई एकै ठाउँमा व्यवस्थापन गर्नुभन्दा कुहिने फोहरबाट मल र नकुहिने फोहरको पुनः प्रयोग गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
“सडेर जाने फोहरलाई मलको रुपमा प्रयोग गर्न सकिन्छ । यसका लागि नागरिक सचेतनाको आवश्यक छ”, “नकुहिने फोहोर कवाडीमा बेचेर आर्थिक उपार्जन गर्न सकिन्छ ।” सांसद जयन्ती देवी राईले फोहरको दुर्गन्धका कारण सडकमा हिँड्नसमेत समस्या भएको उल्लेख गर्दै यसको दीर्घकालीन व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
फोहरलाई स्रोतमा नै कुहिने र नकुहिने गरी छुट्टयाएर व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै उनले फोहरलाई मोहरमा बदल्ने कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे । “अहिले दुर्गन्धले हिँडन सक्ने अवस्था छैन । गर्मी र बर्खाको समय छ, महामारी फैलन सक्छ त्यसकारण फोहरको जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्छ”, उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार