हामीसँग क्षमता छैन, अहिले इम्बोस्ड जडान गर्न नआउनू : यातायात कार्यालय गण्डकी
नेपालबहस संवाददाता
जेठ २४, २०७९ मंगलबार २१:३५:४
२४ जेठ, पोखरा । यातायात व्यवस्था कार्यालय गण्डकीले जनशक्ति र उपकरण अभावका कारण पुराना सवारीलाई इम्बोस्ड जडान गर्न नसक्ने जनाएको छ । मंगलबार एक सूचना जारी गरेर तत्कालै पुराना गाडीको इम्बोस्ड नम्बर फेर्न नसकिने जनाएको हो ।
पोखरामा आइतबारदेखि नै इम्बोस्ड नम्बर फेर्न सुरु गरे पनि अहिले सेवाग्राहीको चाप बढेको भन्दै पुराना गाडीका सवारीधनी कार्यालय नआउन भनिएको छ ।
‘अहिले सेवाग्राहीको चाप अधिक बढेको छ । कार्यालयमा विभागबाट जडान भएको बायोमेट्रिक सर्भर र अरु उपकरण तथा जनशक्तिको क्षमताअनुसार दिनमा ४० देखि ५० वटासम्म मात्रै बायोमेट्रिक र डकुमेन्ट स्क्यान गर्न सकिनेछ,’ सूचनामा भनिएको छ, ‘कार्यालय परिसरमा सवारीसाधन पार्किङको पनि समस्या रहेकाले सेवाग्राहीलाई सेवा दिन सक्ने गरी पूर्वाधार र जनशक्तिको व्यवस्थापन थप नभएसम्मका लागि यस कार्यालयबाट नयाँ तथा सरुवा दर्ता भई आउने सवारीमा मात्रै इम्बोस्ड नम्बर जडान गर्ने सूचना अनुरोध छ ।’
सरकारले हतारमा इम्बोस्ड नम्बर फेर्न उर्दी जारी गरेपछि पोखराका संघसंस्थाले विरोध जनाएका छन् । उद्योग वाणिज्य महासंघ र उपभोक्ता मञ्च गण्डकीले संयुक्त विज्ञप्ति जारी गरी इम्बोस्ड नम्बर प्लेट फेर्ने निर्णय बदनियतपूर्ण भएको भन्दै सच्याउन आग्रह गरेका छन् । विरोध बढेपछि कार्यालयले सूचना निकालेर नयाँ व्यवस्था नहुँदासम्म पुराना गाडीमा प्लेट नफेरिने जनाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
यी पाँच प्रदेशमा वर्षा हुने, हिमाली भू–भागमा हिमपातको सम्भावना
पुष २९, २०८१ सोमबार
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
पुष २९, २०८१ सोमबार
विदेशी बजारमा कर्णालीको अदुवा र बेसार
पुष २९, २०८१ सोमबार
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
पुष २९, २०८१ सोमबार
अर्थसहित पाँच संसदीय समितिको बैठक बस्दै
पुष २९, २०८१ सोमबार
स्वस्थानी व्रतकथा आजदेखि सुरु
पुष २९, २०८१ सोमबार