बारामा भारतीय एसएसबीको कुटाइबाट एक नेपाली घाइते, मटिअर्वा नाकामा तनाव !
आबिद हुसेन
जेठ २४, २०७९ मंगलबार २१:५५:४४
२४ जेठ, बारा । भारतीय सीमा सुरक्षाकर्मी ‘एसएसबी’ को कुटाइबाट बारामा एक नेपाली नागरिक घाइते भएका छन् ।
जिल्लाको मटिअर्वा नाकामा एसएसबीको कुटाइबाट बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १० निवासी सजिल मियाँ घाइते भएका हुन् ।
सोही नाका हुँदै भारतको आदापुरमा बिहेको सामान खरिद गर्न जान लागेका मियाँलाई नाकामा खटिएका भारतीय सुरक्षाकर्मीको टोलीले निर्घात कुटपिट गरेको हो ।
कुटपिटबाट घाइते मियाँको अहिले कलैयामा रहेको निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । यसैबीच भारतीय एसएसबीको ज्यादतीको बिरोधमा स्थानीयले भारतीय प्रहरीको गाडी तोडफोड गरिदिएका छन् ।
ज्यादतीको बिरोधमा उत्रिएका स्थानीयले नाकामा प्रदर्शन गर्दै कुटपिटमा संलग्न सुरक्षाकर्मीलाई कारवाहीको माग गरेका छन् । अहिले घटनास्थलमा दुबै देशका सुरक्षाकर्मी तैनाथ रहेको र स्थानीयको प्रदर्शन साम्य पार्ने प्रयास भइरहेको बताइएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार