प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई स्वागत गर्छन् सिंहदरबारका भुस्याहा कुकुरहरूले
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २१:३:१७
♥गाेमा विष्ट
२५ जेठ, काठमाडौं । सिंहदरबार, नेपालका प्रधानमन्त्री कार्यालय र अन्य सरकारी कार्यालयहरू भएको परिसर हो । यो काठमाडौंको मध्य भागमा अवस्थित छ । यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन् ।
देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा को–को बस्छन् ? मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूल्ठूला योजना–परियोजना बनाउने कर्मचारी यो परिसरका मन्त्रालय र कार्यालयमा काम गर्छन् । तर, धेरैलाई थाहा नहुन सक्छ, यही सिंहदरबार परिसरका सडक पेटीमा थुप्रै भुस्याहा कुकुर पनि छन् ।
देशको संवेदनशील ठाउँमा यसरी कुकुर आफ्नै लयमा मस्त निदाइरहेका, त्यसमाथि कोही दौडिरहेका, कोही आफ्नै लयमा खेलिरहेका देख्न सकिन्छ । सिंहदरबार परिसरमा यी कुकुर आ–आफ्ना झुन्डमा बाँडिएर बस्ने गरेका छन् ।
त्यस यता पेटीमा हिडिरहेका आमजनमानसलाई भने निक्कै अप्ठेरो त पारिरहेको नै छ । तपाई पनि सिंहदरबार परिसरका सडक पेटी छेउ हिड्नु भएको भए तपाईले पनि यो समस्या झेल्नुु भएको होला । भुस्याहा कुकुरहरूले सवारी आगमनमा बेलाबखत बाधा पुर्याइरहन्छन् ।
“ल हेन्नुहोस त तपाई आँफै हामी यही सिंहदरबारको पेटी छेउँमा हिड्दा कहिले सड्कमा झर्नु पर्छ कहिले पेटी कुकुररुको यो बथानले कति बाधा पुर्याएको छ । अस्तिको घट्ना हो, सिंहदरबार बरिपरिको माहोल कसलाई हेर्न मन लाग्दैन र ! यो बाटो हिडदा म नि हेर्दैै थिए धन्न कुकुरलाई कुचिनछु । कुचेको भए ? लडने थिए, मलाई कुकुरले टोक्ने थियो, होला कसो बचेछु” , शिला पुरीले गुनासो गरिन् ।
“यसरी यतिका सुतेका छन् । दिनमा भन्दा साँझ, बिहान बढी हुन्छन् । यही सडकपेटीमा कुकुरहरुलाई खाना भन्दा नि मासुका चोक्टा बाडिन्छ, हिड्न गाह्राे हुन्छ यतिका छन् त । सरकार कै आँगन छेउँ ,नजिक छन् भनौं नजरमै छन्, व्यवस्थित खै किन नभएकाे हाेला ?” , रमिता भाटले भनिन् ।
देशको यति महत्वपूर्ण ठाँउमा पनि अब्यवस्थित रुपमा भुस्याहा कुकुर देख्दा देशको अभिभावकलाई भने यो अव्यवस्थित भुस्याहा कुकुरहरू नदेखिएकै हो त ? सदैव आवतजावत गर्ने मुलगेट अगाडिका समस्या नदेखिन नै थालेका हुन त ? वा सरकारले नजरअन्दाज गरेको होला ? हाम्रा देशका नेताहरु आफ्नै नजिकका समस्या त नजरअन्दाज गरिरहेका छन् देशको समस्या के समाधान गर्थे होला ? जबकी मुलुक हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरूदेखि सबै शक्तिशाली अंगहरु यही छन् ।
चिल्ला गाडीमा सिंहदरबार परिसर भित्र जादै गर्दा प्रत्येक दिन प्रधानमन्त्री र मन्त्रीहरूदेखि कर्मचारीसम्मलाई भुस्याहा कुकुरले स्वागत-सत्कार गर्न लम्पसार सुतिरहेका हुन्छन । कोही आफ्नै लयमा यता उता भौतारी रहेर असहज वातावरण बनाईरहेका हुन्छन् । यसरी भुस्याहा कुकुर स्वागत गर्न बसिरहेका हुन्छन् । यही मोहले होला सायद व्यबस्थित गर्न असहज भएको ।
बाहिर मात्र हैन भित्र जान पनि सिंहदरबार घेर्ने पर्खालका कयौं ठाउँबाट सजिलै आवतजावत गर्न सहज छ भुस्याहा कुकुरलाई । सजिलै सिंहदरबार परिसरमा प्रधानमन्त्री र मन्त्रीहरूदेखि ठूल्ठूला योजना–परियोजना बनाउने कर्मचारीहरुलाई दिनहुँ भेटेर आउछन् भुस्याहा कुकुरहरू तर पनि अझै भुस्याहा कुकुरहरू व्यबस्थित हुन भने सकेका छैनन् ।
हर्नुहोस् भुस्याहा कुकुरको तस्बीरः सिंहदरबार परिसरका सडकपेटी छेउ (फोटोफिचर )
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअझै गुइँठा बाल्न बाध्य छन् तराईका महिला
माघ १२, २०८१ शनिबार
यात्रुहरूको प्रमुख कोसेली सिन्धुलीको जुनार
माघ ९, २०८१ बुधबार
मौरीपालन व्यवसायमा आकर्षण
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार