पर्सामा सत्ता गठबन्धनमा ट्विस्ट, एमालेसँग मिलेर जिससको नेतृत्वमा जसपाको उम्मेद्वारी
आबिद हुसेन
जेठ २४, २०७९ बुधबार २:११:४५
२४ जेठ, बीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको उम्मेद्वारी दर्ताले जिल्लास्थित सत्तारुढ गठबन्धनमा ट्विस्ट आएको छ ।
बीरगञ्ज महानगरको मेयर उपमेयर र बोर्ड सदस्यको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको जसपाले जिल्ला समन्वय समितिको निर्वाचनमा भने एमालेसँग गठबन्धन गर्न पुगेको छ ।
समन्वय समितिको प्रमुख र ३ सदस्य लिँदै जसपा एमालेसँग गठबन्धन गर्न पुगेको हो । महानगरमा नराम्रोसँग पराजित भएको एमाले समन्वय समितिमा भने उपप्रमुखमै भए पनि चित्त बुझाउने गरी नेतृत्व जसपालाई सुम्पन तयार भएको हो ।
महानगरमा कांग्रेस र जसपा मिलेर मेयर उपमेयर तथा बोर्ड सदस्य भागवण्डा लगाएका थिए । तर समन्वय समितिमा भने कांग्रेसले नेतृत्वको दावी गरेपछि जसपा एमालेसँग मिल्दै नेतृत्व हत्याउन पुगेको हो । १४ स्थानीय तहमध्ये १२ प्रमुख उपप्रमुख कांग्रेसको हुँदा एमालेको १०, जसपाको ५ र लोसपाको १ रहेको छ ।
बढी मत आफुसँग रहेकाले नेतृत्व आफूले पाउनु पर्ने सत्तागठबन्धनमा कांग्रेसले दावी गरेपछि नेतृत्व जसले दिन्छ उसैसँग जिससको निर्वाचनमा तालमेल गर्ने रणनीति अपनाएर जसपाले छलफल अघि बढाएको थियो ।
एमाले जसपालाई नेतृत्व सुम्पदै उपप्रमुखमा चित्त बुझाउन राजी भए पछि जिल्ला समन्वय समितिको आउँदो २७ गते हुने निर्वाचनमा एमाले र जसपाबीच तालमेल भएको जसपाका एक नेताले दिशा निर्देशलाई बताए ।
जस अनुसार जिल्ला समन्वय समितिको प्रमुखका लागि जसपाले वीरगञ्ज १५ बाट वडासदस्यमा निर्वाचित निरन्जन साह सोनार ‘अजय सर्राफ’लाई उम्मेद्वार बनाएको छ । उपप्रमुखका लागि भने बहुदरमाई नगरपालिकाका पुरन कुर्मीलाई एमालेले अघि सारेको छ ।
एमालेले उपप्रमुखसहित ४ सदस्य लिएको छ भने जसपाले प्रमुखसहित ३ सदस्य भागमा पाएको छ । यसैबीच नेपाली कांग्रेसले पनि जिसस नेतृत्वका लागि आफ्नो एकल उम्मेद्वारी दिएको छ ।
कांग्रेसले जिराभवानी गाउँपालिकाको कार्यपालिका सदस्यसमेत रहेका सरोज चौरसियालाई प्रमुखको उम्मेद्वार बनाएको छ भने वीरगञ्ज वडा नम्बर ९ की सदस्य कुमारी सोनीलाई उपप्रमुखको उम्मेद्वार बनाएको छ ।
यो निर्वाचनमा जसपा नै निर्णायक रहेकाले एमाले र कांग्रेस जसपालाई हातमा लिन लागि परेका थिए । महानगको मेयर छाडेको र बोर्डमा पनि समान हिस्सा दिएको कांग्रेसले जिससमा भने आफ्नो नेतृत्व ल्याउन चाहेको थियो ।
तर जसपाले नेतृत्व नछाड्ने अडान लिँदै एमालेसँग तालमेल गर्न पुगेपछि कांग्रेस बहुमत नभए पनि उम्मेद्वारी दर्ता गरेर औपचारिकता निभाउन बाध्य भएको छ ।
एमाले र जसपाले तालमेल गरेसँगै उनीहरुको मतसंख्या १५ भएको छ । कांग्रेस एक्लैसँग १२ छ । त्यसैले निर्वाचनमा प्रतिनिधिले मत क्रस नगरे जित एमाले जसपा गठबन्धनको हुने देखिन्छ । यसले विगतमा पनि जिससमा पुग्न नसकेको कांग्रेस यस वर्ष पनि जिससमा पुग्नबाट बन्चित हुने देखिएको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार