महोत्तरीमा एक वर्षमै घट्यो बलात्कारका १९ घटना
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १६:३४:०
२५ जेठ, महोत्तरी । १७ जेठको दिउँसो मामाघरमा सात वर्षीया बालिका खेलिरहेकी थिइन् । आफ्नै उमेरका बालबालिकासँग खेलिरहेकी बालिका एक्कासी हराइन् ।अबोध बालिका एक्कासी हराएपछि गाउँघरमा खैलाबैला मच्चियो । खेल्ने ठाउँबाट केही घण्टा हराएकी बालिका जब बलात्कृत भएको थाहा भयो, तब उनका बाबुआमा मर्माहत बने । पीडित बालिकाको बयान र परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले ६० वर्षीय एक पुरुषलाई पक्राउ गर्यो ।
१६ जेठको बिहान छ वर्षीया बालिका आफ्नै घर अगाडि खेलिरहेकी थिइन् । खेल्दाखेल्दै उनी हराइन् । हराएकी उनलाई सहगोत्रभित्रका दाइ पर्ने दुई दाजुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीमा जाहेरी परेको छ । जाहेरीका आधारमा प्रहरीले आरोपी दुवैलाई पक्राउ परेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरेर प्रहरीले बलात्कार (जबर्जस्ती करणी) सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ ।
महोत्तरीमा गत हप्ता घटेका यी प्रतिनिधिमूलक घटना मात्र हुन् । बलात्कारका घटनाहरू महोत्तरीमा दिन–प्रतिदिन बढिरहेको तथ्यांकले देखाएको छ ।
बलात्कार घटनाको सिकार हुनेमध्ये धेरै बालिका र अपांगता भएकी महिला छन् । जिल्ला प्रहरी उपरीक्षक (एसपी) प्रकाश विष्टका अनुसार महोत्तरीमा २०७८ सालमा बलात्कार घटनाका १९ वटा उजुरी परेका छन् ।
उजुरीका आधारमा अधिकांश घटनाको अनुसन्धान प्रहरीले गरिसकेको छ । अनुसन्धान गरेर बुझाएको प्रतिवेदनअनुसार जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको छ । तर, दायर मुद्दाहरूको टुंगाे अदालतबाट हुन बाँकी छ । एसपी विष्टले १९ वटा बलात्कारका घटनामा संलग्नमध्ये पक्राउ परेर धेरै पुर्पक्षका लागि थुनामा रहँदा केही भने फरार नै छन् । कतिपय भने अझै फरार छन् ।
रोचक त के छ भने बलात्कार जस्तो गम्भीर प्रकृतिका आपराधिक घटनामासमेत पीडित पक्षलाई दबाब दिएर जनप्रतिनिधिहरूकै रोहबरमा कतिपय घटना मिलाइएका छन्। जबकि, बलात्कार मिलापत्र गर्न नमिल्ने घटना हो । यद्यपि, कानुनलाई चुनौती दिँदै केही जनप्रतिनिधि नै संलग्न भएर बलात्कारका घटनामा मिलापत्र गरेको घटना जिल्लामा बेलाबेला हुने गरेको छ ।
यस्तो छ, महोत्तरीमा बलात्कार घटनाको ग्राफ
प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार २०७५ देखि यता जिल्लामा ९३ वटा बलात्कारका घटना भए । आर्थिक वर्ष २०७५र०७६ मा ३० वटा, २०७६/०७७ मा १६ वटा, २०७७/०७८ मा ४४ वटा बलात्कार घटनासम्बन्धी उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ २४ गतेसम्म १९ वटा घटना भएको एसपी विष्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवीरगन्जमा गाँजासहित चार जना पक्राउ
पुष २४, २०८१ बुधबार
लागूऔषधसहित विभिन्न ठाउँबाट सात जना पक्राउ
पुष २४, २०८१ बुधबार
पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पुष २४, २०८१ बुधबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार