बन्चरेडाँडामा फोहोर फाल्न आज पनि अवरोध, स्थानीयले रोके गाडी
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १७:३२:३४
२५ जेठ, काठमाडौं । धादिङको बन्चरेडाँडाका स्थानीयले आज पनि फोहोर विसर्जनमा अवरोध गरेका छन् । बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका सिसडोल ल्याण्डफिल साइटमा स्थानीयले फोहोर फाल्न रोकेपछि रोकिएका फोहोरका गाडी कसरी अगाडि बढ्ने भनेर छलफल भइरहेको छ । काठमाडौंबाट फोहोर लिएर विसर्जनस्थलतर्फ गएका ट्रकलाई अवरोध गरिएको स्थानीयले बताएका छन् । उनीहरुले मंगलबारदेखिकै आन्दोलन जारिरहेको बताएका छन् ।
अवरोधपछि फोहोर बोकेका गाडी नुवाकोटको सिसडोल क्षेत्रमा रोकिएका छन् । मंगलबार पनि स्थानीयले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको सुरक्षा घेरामा करिब १५० गाडीले बन्चरेडाँडामा फोहोर खसालेका थिए ।
सोमबार काठमाडौंमा बन्चरेडाँडामा फोहोर फाल्नेसम्बन्धी त्रिपक्षीय सम्झौता भएको थियो । उक्त सम्झौताले आफूहरूका माग पूरा नगरेको भन्दै स्थानीय आन्दोलित छन् ।
यता, काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइट १७ वर्षपछि बन्द गर्ने प्रक्रिया सुरु भएको छ । मंगलबारदेखि सिसडोल ल्यान्डफिल साइटको ‘पोस्ट क्लोजर’ का लागि प्रक्रिया सुरु गरिएको हो । २०६२ जेठ २२ गतेदेखि सिसडोलमा २ वर्षका लागि भन्दै उपत्यकाको फोहोर विसर्जन गर्न थालिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस
माघ ११, २०८१ शुक्रबार
जङ्गली हात्ती बस्ती पस्न थालेपछि निजीलाई एकीकृत गर्न माग
माघ ९, २०८१ बुधबार
प्रदेशसभा सचिवालयमा तीन वटा विधेयक दर्ता
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार