भरतपुर महानगर कार्यपालिकामा काङ्ग्रेसको बहुमत
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १७:५२:५
२५ जेठ, चितवन । भरतपुर महानगरपालिकाको नगर कार्यपालिकामा नेपाली कांग्रेसको उपप्रमुखसहित बहुमत सदस्य निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको मङ्गलबार भएको निर्वाचनमा आठमध्ये पाँच जना कांग्रेसबाट निर्वाचित भएसँगै कार्यपालिकामा कांग्रेसको बहुमत भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको सूचनाअनुसार कार्यपालिकाको महिला सदस्यमा पाँचमध्ये चार जना कांग्रेसबाट निर्वाचित भएका छन् । कांग्रेसबाट वडा सदस्यमा सिर्जना अधिकारी, सुकमाया परियार, सारदा पोखरेल र नर्मदा सापकोटा निर्वाचित भएका छन् ।
नेकपा (माओवादी केन्द्र)की बीना नेपाली पनि निर्वाचित भएकी छिन् । दलित तथा अल्पसङ्ख्यकबाट कांग्रेसका गोपाल दराई, माओवादी केन्द्रका विष्णुबहादुर भुजेल र नेकपा (एकीकृत समाजवादी)की कोपिला उपरकोटी निर्वाचित भएकी छिन् सूचनामा उल्लेख छ ।
भरतपुर महानगरमा निर्वाचित कार्यपालिका सदस्यसहित महानगर परिषद् सदस्य सङ्ख्या १५० पुगेको छ । जसमध्ये कांग्रेसका ७६, नेकपा (एमाले)का ५२, माओवादी केन्द्रका ११, एकीकृत समाजवादीका ६, राप्रपाका चार र स्वतन्त्रका एक जना छन् । कार्यपालिकामा कांग्रेसको २२, एमालेको ६, माओवादी केन्द्रको ६, एकीकृत समाजवादीको चार र स्वतन्त्रबाट एक जना विजयी भएका छन् । महानगरपालिकामा २९ वडा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार