अछामका विनोद शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाएर कारवाही अघि बढाउँनूः सभामुख
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १८:३०:४२
२५ जेठ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अछामको पञ्चदेवल नगरपालिकाका किशोर विनोद शाहीको मृत्यु भएको घटनाको सत्य तथ्य पत्ता लगाई दोषीमाथि कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले उक्त घटनाबाट आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का विनोद शाही मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन सभामुख सापकोटाले सरकारलाई निर्देशन दिएका हुन् ।
बैठकमा अछाम निर्वाचन क्षेत्र २ का सांसद यज्ञ बोगटीले शाहीको मृत्युबारे प्रश्न उठाएपछि सभामुख सापकोटाले छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका हुन् । सांसद बोगटीले ९ दिन पहिले १५ वर्षीय शाहीको हत्या भएको तर प्रशासनले जाहेरी दर्ता नलिएको भन्दै सभामुखमार्फत सरकारको नाममा रुलिङ माग गरेका थिए ।
’विनोद शाहीको हत्या भएको ९ दिन पूरा भइसकेको छ । विनोद शाहीको हत्या भइसकेपछि विशेष समय लिएर सदनको ध्यानाकर्षण गराएको थिए । त्यो ध्यानाकर्षण गराउँदा हत्यारालाई कारबाही गरियोस्,’ उनले भने, ’पीडित पक्षले जाहेरी दर्ता गरियोस् भनेर माग गरिएको छ ।
जाहेरी दर्ता गरिने भने पनि आजसम्म जाहेरी दर्ता नभएको भन्दै उनले अहिले उनको लास कुहिएको अवस्था रहेको बताए । ‘दर्ता गर्नुस् भनेर भन्नुभएको थियो किन दर्ता भएन ?’ उनले भने । घटनालाई राजनीतिक रङ दिन खोजिएको सांसद बोगटीको आरोप थियो । उनले भने, ’जाहेरी दर्ता नगर्नुको कारण राजनीतिको रङ देखिएको छ । विद्यार्थी मारिँदा राजनीतिक रङ दिनु हुँदैन ।’
त्यसपछि सभामुख सापकोटाले सरकारलाई सत्यतथ्य छानबिन गर्न निर्देशन दिएका हुन् । ’माननीय सदस्यले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकाको ध्यानाकर्षण गराउन चाहन्छु । घटनाको सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल सरकारलाई निर्देश गर्दछु,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुर्घटनामा आमाको मृत्यु, छोरी घाइते
माघ १०, २०८१ बिहिबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार