श्वेतपत्र जारी गर्दै वीरगंज महानगरपालिका
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १८:३८:४४
२५ जेठ, वीरगंज । वीरगंज महानगरपालिकाले महानगरको वस्तुस्थितिबारे नगरवासीलाई जानकारी दिन श्वेतपत्र जारी गर्ने भएको छ । महानगर प्रमुख राजेशमान सिंहले नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेपछिको महानगरको अवस्थाबारे जानकारी दिन श्वेतपत्र जारी गर्न लागिएको जानकारी दिए ।
श्वेतपत्रमा महानगरको आर्थिक, सामाजिक, पूर्वाधार विकास, स्वास्थ्य तथा विभिन्न परियोजनाको वर्तमान अवस्थालगायत विषय समावेश गरिनेछ । श्वेतपत्रले महानगरको यथार्थ चित्रण गर्ने र उक्त अवस्थालाई सुधार्दै नगरवासीको चाहनाबमोजिम काम गर्न सहज हुने उनको भनाइछ । महानगरको शैक्षिक, सामाजिक र पूर्वाधार विकासको अवस्था श्वेतपत्रमा समेटिने छ ।
जिसस पर्साको नयाँ नेतृत्व जेठ २७ मा
जिल्ला समन्वय समिति पर्साको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २७ गते निर्वाचन हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिकाबमोजिम नेतृत्व चयनका लागि जेठ २७ गते मतदान हुने र सोही दिन मतगणना गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नौ सदस्य जिल्ला समन्वय समितिमा सभापति, उपसभापति, तीनजना महिला सदस्य, दलित वा अल्पसङ्ख्यक मध्येबाट एकजना र तीनजना अन्यबाट सदस्यमा निर्वाचित हुने व्यवस्था छ । जिल्लामा कुनै एक राजनीतिक दलको स्पष्ट बहुमत छैन ।
नेपाली कांग्रेसको पालिकाको प्रमुख र उपप्रमुखसहित १२ मत छ भने नेकपा (एमाले) १०, जनता समाजवादी पार्टी (जसपा) को ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक छ । अन्य दलभन्दा कांग्रेस बलियो देखिएको छ । तर नेतृत्वका लागि जनता समाजवादी पार्टी निर्णायक देखिन्छ । समन्वय समितिको नेतृत्वका लागि गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरप्रमुख र उपप्रमुखले मतदान गर्न पाउने छन् भने समितिमा पालिकाको कुनै वडामा सदस्य निर्वाचित भएको जनप्रतिनिधि उम्मेदवार बन्न पाउने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार