बेलढुंगा–पंचकोट पदमार्ग गुरुयोजना
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १८:५७:३१
२५ जेठ, गलकोट । गण्डकी प्रदेश सरकारले बागलुङमा केही योजनाहरुलाई प्राथमिकताका साथ अघि सारेको छ । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा बेलढुंगा हुँदै पंचकोट पुग्ने पदमार्ग, ढोरपाटनको गुरुयोजना बनाएर विकास गर्ने र ताराखोला र ढोरपाटनको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्र घोषणा गरेर आलु उत्पादन बढाउने भएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङद्वारा मंगलबार जारी सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रममा बागलुङको बेलढुंगादेखि पंचकोटसम्मको पर्यटकीय पदमार्ग निर्माणलाई अघि बढाउने, नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र रहेको ढोरपाटन उपत्यकाको गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माण गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
यस्तै बागलुङको ढोरपाटन र ताराखोलामा रहेको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्रका रुपमा विकास गरेर आलु उत्पादन बढाउनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने सार्वजनिक गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । बेलढुंगा हुँदै पंचकोट आउने पर्यटकीय पदमार्ग निर्माण दुई वर्षअघि देखि सुरु भएको थियो । पदमार्गमा ताराखोलाको ढुंगा छापेर साइकलसमेत चलाउन मिल्ने बनाइएको थियो ।
अहिलेसम्म झन्डै एक किलोमिटर पक्की र एक किलोमिटर कच्ची पदमार्ग निर्माण गरिएको पदमार्गले सार्थकता पाउन झन्डै दुई करोड बजेट लाग्नेछ । समुन्द्री सतहदेखि दुई हजार ५०० मिटरमा साइकल ल्यान्ड सहितको पदमार्ग निर्माण थाले पनि चालु आर्थिक वर्षमा बजेट नआउँदा रोकिएको थियो । अहिले गण्डकी प्रदेश सरकारले उक्त बेलढुंगा हुँदै पंचकोट जोड्ने पदमार्गलाई प्राथमिकतामा राखेको छ ।
यस्तै ढोरपाटन उपत्यका क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले गुरुयोजना बनाउने भएको छ । प्रस्तुत नीति तथा कार्यक्रममा ढोरपाटनको गुरुयोजना बनाउन बजेट व्यवस्थापन गर्ने बताइएको छ । ढोरपाटन आफैँमा सुन्दर र चर्चित पर्यटकीय गन्तव्य भए पनि पर्यटकीय पूर्वाधारको समेत अभाव रहेको छ । नेपालमा निकै लोकप्रिय रहेको ढोरपाटन र ताराखोलाको आलु उत्पादनलाई बढाउने प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत चासो देखाएको छ । आलु उत्पादनका लागि बागलुङको ताराखोला, ढोरपाटन, कास्कीको हेम्जा, गोरखाको धार्जे लगायतको आलु पकेट क्षेत्रलाई विशेष क्षेत्रका रुपमा घोषणा गरेर अनुदान दिने र आलु उत्पादन बढाउले गण्डकी प्रदेश सरकारले लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार