ठूलो परिमाणको औषधी, मोटरपार्टस र सालको गोलिया नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार १९:३६:३३
२५ जेठ, पर्सा । पर्साबाट सशस्त्र प्रहरीले औषधी, मोटरपार्टस र सालको गोलिया नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले विभिन्न मितिमा विभिन्न स्थानबाट २ लाख १७ हजार ८ सय ६४ रुपैँया बराबरको सामान नियन्त्रणमा लिएको हो ।
गस्तिमा खटिएको टोली जेठ २२ गते आइतबार भारतबाट अवैध रुपमा भन्सार छलि साइकलमा राखि नेपाल तर्फ ल्याउदै गरेको २८ हजार ६ सय मूल्य बराबरको ९ कार्टन वलपेन बरामद गरेको छ । सशस्त्र प्रहरीको टोलीलाई देखेपछि वलपेन छाडी अभियुक्त साइकलसहित फरार भएको जनाइएको छ ।
यस्तै विरगंज म.न.पा. १६ भन्सार मेनगेटबाट ३९ हजार ४० रुपैँया मूल्य बराबरको अवैध मोटर पार्टस सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । विरगंजबाट खटिएको चेक प्वाईन्ट टोलीलाई देख्नासाथ भारतबाट अवैध रुपमा भन्सार छलि टाउकोमा बोकी नेपालतर्फ ल्याउदै गरेको मोटर पार्टस छाडेर अभियुक्त फरार भएको हुँदा उक्त मोटर पार्टस वरामद गरी आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको ।
यस्तै मंगलबार पर्साकै सखुवाप्रसौनी गा.पा. २ श्रीपुर स्थित सुरक्षा बेश बागेश्वरी तित्रौनाबाट खटिएको टोलीले २५ क्युफिटक २ वटा सालको गोलीया बरामद गरेको छ ।
राष्ट्र वन जंगलबाट कटान गरी २ वटा साईकलमा लोड गरी ल्याउदै गरेको ७५ मूल्य बराबरको २५ क्यु।फिट सालको गोलीयासहित हजार बराबरको २ थान साईकल बरामद गरी आवश्यक कार्वाहीको लागि सब डिभिजन बन कार्यालय रंगपुर बुझाईएको सशस्त्र प्रहरीले जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार