राप्रपाकाे मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २०:१:४९
२५ जेठ, काठमाडौं । राप्रपा नेपाल मधेश प्रदेश स्तरीय अगुवा कार्यकर्ताहरुको भेला सम्पन्न भएको छ । मधेस प्रदेश भेलाले जनकपुरधामलाई धार्मिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ योजनाबद्ध र व्यवस्थित बिकासको अवधारणालाई अगाडी बढाउन संघीय र प्रदेश सरकारसँग जोडदार माग गरेको छ ।
यस्तै भेलाले नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेको जनाएको छ ।
सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन माग सहित भेलाले ८ वटा निर्णय गरेको जनाएको छ ।
यस्ता छन्, मधेस प्रदेश भेलाका निर्णय
१) जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहज र सरल रुपमा नेपाली नागरिकता उपलब्ध गराउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
२) ऐतिहासिक राम जानकी माताको मन्दिरलाई बिश्व सम्पदा सुचिमा सुचिकृत गर्ने कामलाई तत्काल अघि बढाउन नेपाल सरकार लाई आग्रह गर्दछौ । साथै जनकपुरधामलाई धार्मिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथ योजनाबद्ध र व्यवस्थित बिकासको अवधारणालाई अगाडी बढाउन संघीय र प्रदेश सरकारसँग माग गर्दछौ ।
३) नेपाल कै आर्थिक बिकासको मेरुदण्डको रुपमा रहेको हुलाकी राजमार्गको काम चाँढो भन्दा चाँढो सम्पन्न गर्नको निमित्त नेपाल सरकार समक्ष यो बैठक जोडदार माग गर्दछ ।
४) हिन्दुराष्ट्र, लोकतन्त्र र राष्ट्रियताको मान्यतामा आधारित ’सम्वर्द्धनवाद’को बैचारिक दर्शनको धरातलमा सुशासनको माध्यमबाट समृद्ध नेपालको लक्ष्य हासिल गर्ने उद्देश्य प्राप्तिका निम्ति राप्रपा नेपाललाई देशको बलियो र अग्रणी शक्ति बनाउने अभियानमा मधेश प्रदेश भित्रका सबै जिल्ला कार्यसमिति मन,वचन र कर्मले समर्पित रहने यो भेला संकल्प गर्दछ।
५) वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरि तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बारा जिल्लाको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अघि बढाउन यो भेला सरकारसँग आग्रह गर्दछ ।
६) अगुवा कार्यकर्ता भेलामा केन्द्रको तर्फबाट प्रस्तुत भावि कार्यदिशा तथा कार्यक्रमलाई सबै जिल्लाहरुमा कार्यान्वयन गर्ने यो भेला प्रतिवद्धता व्यक्त गर्दछ। यसक्रममाः
क) यथासम्भव चाँडो जिल्ला कार्यसमितिलाई पूर्णता प्रदान गरिने छ,
ख) भाद्र महिना भित्र प्रदेश भित्रका सबै पालिकाहरुमा पार्टीको ईकाई समितिहरु गठन सम्पन्न गरिने छ,
ग) आषाढ महिना भित्र जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरिने छ।
घ) पार्टीको जिल्ला कार्यालय व्यवस्थित रूपमा संचालन गर्नुका साथै सबै तहका कार्यसमितिहरुको बैठक कम्तीमा महिनाको एकपटक गरिने छ।
७) नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नाले सर्वसाधारण जनतालाई ठूलो मर्का परेको छ। यसबाट सबै उपभोग्य वस्तुहरुको मुल्य बढ्न गएको छ। त्यसर्थ, सरकारले विभिन्न नाममा उठाउँदै आएको कर हटाएर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउन यो भेला सरकारसँग माग गर्दछ।
८) हिन्दुराष्ट्र र राष्ट्रियताको सिद्धान्त प्रति प्रतिबद्ध विगतमा सँगै काम गरेका तथा अन्य सबै दाजुभाई दिदी बहिनीहरुलाई राप्रपा नेपालको अभियानमा सहभागी हुन यो भेला आह्वान गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
रौतहटमा जंगली हात्तीको आतंक, दर्जन घरमा क्षती गरेपछि स्थानिय आतंकित
पुष २२, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार