सांसदद्वारा महिला हिंसा अन्त्यको माग
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २०:५:४७
२५ जेठ, काठमाडौं । राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद जयन्तीदेवी राईले दार्चुलामा एक महिलालाई जिउँदै जलाएर मारिएको घटनाप्रति भत्र्सना गर्दै दोषी उपर कारवाही गर्न माग गरेकी छिन् । उनले भनिन् ,, “महिलाले कहिलेसम्म हिंसाको नामका ज्यान गुमाउनुपर्ने हो रु, यस्ता घटनामा संलग्न व्यक्तिलाई सरकारले किन कारवाही गर्न सक्दैन रु”
सांसद नरबहादुर विष्टले सामाजिक सञ्जालमा महिला हिंसाका घटनाबारे भएका जथाभावी अश्लील भिडियो प्रसारण गर्ने व्यक्तिलाई कारवाहीको माग गरेका छन् ।
सांसद उद्यबहादुर बोहराले सल्यानमा काठको तस्करी भइरहेकाबारे ध्यानाकर्षण गराउँदै मापदण्ड विपरित क्रसर सञ्चालन गर्ने र नदी उत्खनन गर्नेलाई कारवाही हुनुपर्नेमा जोड दिएका छन् । सांसद गोपालकुमार बस्नतले भने , “ठेक्का प्रक्रिया सुरु गर्ने तर ठेक्काको काम अधुरो छाड्ने ठेकदारमाथि कारवाही हुन्छ कि हुँदैन रु”
सांसद तुलप्रसाद विश्वकर्माले नवलपरासी–पूर्वमा पछिल्लो समयमा भएको जातीय भेदभाव तथा छुवाछूतको घटनालाई जवरजस्ती मिलापत्र गरिएको भन्दै आपत्ति जनाए । सांसद दुर्गा गुरुङले सुर्खेतका किसानले अहिलेसम्म पनि मल पाउन सकेका छैनन, सहजरुपमा मल कहिले पाइन्छ भनी प्रश्न गरेकी छिन् ।
सांसद नारणदत्त मिश्रले रासायनिक मलको अभाव पूर्ति गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद भुवनबहादुर सुनार, मदनकुमारी शाह (गरिमा) र युवराज शर्माले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरपालिकाले ७२० जना शिक्षकलाई तालिम दिने
पुष २६, २०८१ शुक्रबार
निकञ्जमा घाँसेमैदान व्यवथापनको काम काम सुरु
पुष २५, २०८१ बिहिबार
‘दलित समुदायको उत्थानका लागि राज्यले ठोस योजना बनाउन जरुरी’
पुष २१, २०८१ आइतबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
पृथ्वी नारायण शाहको शालिकमा १०८ फिटको माल्यार्पण ( फोटो फिचर )
पुष २७, २०८१ शनिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
मकवानपुरको मनहरीमा कार दुर्घटना : चालकको मृत्यु, १३ जना घाइते
पुष २७, २०८१ शनिबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार