जिसस लमजुङको प्रमुखमा पूर्णबहादुर गुरुङ र मुरली कुमालको उम्मेद्वारी
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २०:४३:१६
२५ जेठ, लमजुङ । जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा नेकपा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट नेपाली कांग्रेसका मुरली कुमालको उम्मेद्वारी परेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भएको मनोनयनमा प्रमुखमा गुरुङ र कुमालको उम्मेदवारी परेको हो । जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने नेकपा एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध भएकी छन् भने सदस्यमा पनि एमालेको मात्र उम्मेद्वारी परेपछि सबै सदस्य निर्विरोध भएका छन् ।
समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मस्र्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा शाखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
आठ वटा स्थानीय तह रहेको जिल्लामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी १६ जनामा एमालेले नौ सिटमा विजयी हासिल गरेको जिल्ला समन्वय समिति नेकपा एमालेको एकल बन्ने निश्चित छ ।
लमजुङमा नेकपा एमालेले बेसीशहर नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र क्ब्होलासोंथरमा प्रमुख, उपप्रमुख, दोर्दी गाउँपालिकामा अध्यक्ष, सुन्दरबजार र मध्यनेपालमा उपप्रमुखमा विजयी हासिल गरी ९ सिट हासिल गरेको छ भने गठबन्धनले ७ सिट मात्र हासिल गरेको छ ।
जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख र सदस्यहरूका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मतदान गर्ने प्रावधान छ । २०७४ मा पनि जिल्ला समन्वय समिती लमजुङमा एमालेको नै बहुमत रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार