संसदमा गृहमन्त्री खाँणलाई एमालेले बनायो आलोचनाको तारो
नेपालबहस संवाददाता
जेठ २५, २०७९ बुधबार २२:४२:३९
२४ जेठ, काठमाडौं । देशको शान्ति सुरक्षाको विषयलाई लिएर प्रमुख विपक्षी दल एमालेले गृहमन्त्री बालकृष्ण खाँणलाई आलोचनाको तारो बनाएको छ । खाँण केही दिनदेखि प्रतिनिधिसभाको बैठक भइरहेका सत्ता पक्षको आलोचनामा अग्रपंतिमा छन् । नेकपा एमालेका सांसदहरूले शान्ति सुरक्षासम्बन्धी सवाललाई लिएर बारम्बार उनीसँग जवाफ मागिरहेका छन् ।
जवाफ माग्ने सांसदहरूका अनुसार गृहमन्त्री खाँण शान्ति सुरक्षा कायम गर्न असफल भए । बर्दिया, अछाम, रोल्पा, बाजुरालगायत जिल्लामा भएको घटनाबारे संसद् बैठकमा एमाले सांसदहरूले गृहमन्त्री खाणसँग तीन जिल्लाहरूमा भएका घटनाबारे जवाफ मात्र मागेका छैनन्, उनको चर्को आलोचना पनि गर्दै आएका छन् ।
आलोचित गृहमन्त्री खाँण भने प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वास पात्र हुन् । २९ असार २०७८ मा प्रधानमन्त्रीमा नियुक्त भएकै दिन देउवाले सानो आकारको मन्त्रिपरिषद् गठन गर्दा नै देउवाको रोजाइमा खाँण परेका थिए । पहिले रक्षामन्त्री भएका उनलाई देशको शान्ति सुरक्षा कायम गर्ने सम्बन्धिको विभागीय मन्त्री देउवाले बनाए पनि सरकारका सर्वाधिक आलोचित मन्त्री भएका छन् ।
संसद् बैठकमा शान्ति सुरक्षाको विषयलाई लिएर गृहमन्त्री खाँणको आलोचना गर्नेमध्येका एक जना एमाले सांसद हुन्, यज्ञ बोगटी । सांसद बोगटीले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु घटनालाई लिएर खाणको आलोचना गर्दै सत्य तथ्य छानबिनको माग मङ्गलबार गरे । उनले प्रहरीले उजुरीसमेत लिन नमान्नुलाई सामान्य ठान्न नहुने पनि बताए ।
शाहीको प्रश्नको जवाफ दिँदै खाँणले प्रहरीले उजुरी लिने बताउँदै पन्छिए । एमालेकै सांसद गंगा चौधरीले बर्दियामा गोली लाग्दा भएको युवतीको मृत्यु घटनाबारे संसद्मै प्रश्न गरिन्, ‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ ?’
बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् । खाँणले जाति विशेषलाई लक्षित गरी प्रहरीले गोली नहानेको र गोली हान्न प्रहरीलाई आदेश पनि नदिइएको जवाफ दिए ।
घटनाको छानबिनका लागि उनले मन्त्रालयकै सहसचिव हरि घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेका छन् । संसद् बैठक बसेपछि लगातारजस्तो गृहमन्त्री खाँणविरुद्ध एमाले मात्र नभई अन्य पार्टीका सांसदहरूले शान्ति सुरक्षाको विषयलाई लिएर निरन्तर आलोचना गर्दै आएका छन् ।
फेरि, उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र प्रहरी महानिरीक्षक (आईजी) बढुवामा पनि विवादमुक्त हुन सकेनन् । गृह मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाउँदै उमेर हदका कारण हाल सेवा निवृत्त अवस्थामा रहेका प्रहरी नायव महानिरीक्षकहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की र प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन् ।
गृहमन्त्री खाँण कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेता मानिन्छन् । प्रधानमन्त्री देउवाका विश्वास पात्र भए पनि उनको ‘पर्फर्मेन्स’ भन्ने प्रशंसायोग्य नभएको उनका विवादास्पद कदमले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार