राजसंस्थाको पुनःस्थापना सम्भव छैन, पारसका निम्ति कोही पनि सती नगए हुन्छः कमल थापा
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १६:५९:३०
२६ जेठ, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले समाप्त भइसकेको राजसंस्था फकर्ने सम्भावना नरहेकाले देशको शासकीय स्वरुपमा आमुल परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गरी अधिकारसम्पन्न स्थानीय तहको संरचना निर्माण तर्फ दलहरु लाग्नुपर्ने बताएका छन् ।
बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले राष्ट्रपति संघीय संसद्बाट निर्वाचित र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिँदै नेपालमा राजसंस्थाको पुनःस्थापना सम्भव नरहेको बताए ।
उनले राजसंस्था नफर्कने र उत्तराधिकारीका रुपमा पारस शाहका लागि कोही पनि सती जान आवश्यक नरहेको बताए । थापाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनतर्फ संकेत गर्दै राजसंस्थाको एजेण्डा छोडेर आउनेसँग आफु पार्टी एकताका लागि तयार भएको पनि बताए ।
उनले राजसंस्थाको एजेण्डा समयमै नछोड्नाले आफ्नो राजनीतिनै बर्बाद हुने अवस्था देखेपछि आफुले राजतन्त्र पुनःस्थापनाको विषयलाई छोडेर हिन्दुराज्यको एजेन्डा बोकेको बताए । हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने उनको भनाई थियो ।
राप्रपा नेपालमा रहेर राजसंस्थाको एजेण्डा बोक्दा निर्मलनिवासदेखि पूर्वराजाका सचिवले समेत निरन्तर पार्टीमाथि हस्तक्षेप गरेको र सहन नसकेर आफू अलग्गिएको बताए । आफू कुनै एक व्यक्तिको पछि सती नजाने भन्दै उनले कोही पनि रासंस्था फर्कन्छ भनेर पारसको पछि लाग्नु भुल हुने बताए ।
उनले पारै नलाग्ने र असम्भव कुराको पछि लागेर पारसका निम्ति सती नजाने भन्दै पारस शाह देशका लागि योग्यनै नरहेको जिकिर गरे । नेपालमा धर्म परिवर्तनको क्रम निकै बढेको र अरू दलले यसतर्फ ध्यान नदिएकाले राप्रपा नेपालले यो एजेन्डा बोकेको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
न्यायपरिषदको सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस
पुष २७, २०८१ शनिबार
देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु
पुष २७, २०८१ शनिबार
कजाकस्तानले तेल उद्योगलाई प्रदूषणको लागि जरिवाना
पुष २७, २०८१ शनिबार
पृथ्वीजयन्ती : राप्रपाको चियापनमा कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार