दुई वर्षपछि उच्च अदालत पोखराले भन्यो :- नागरिकलाई शुद्ध पानी दिनू !
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार १८:२६:१९
२६ जेठ, पोखरा । नेपालको अदालती प्रक्रिया कतिसम्म ढिलो छ भन्ने उदाहरण उच्च अदालत पोखराको मंगलबार जारी एउटा परमादेशले प्रष्ट पार्छ । २०७७ साल भदौमा अधिवक्ता मीना रानाभाटले पोखरेली नागरिकलाई शुद्ध पानी दिन महानगर, प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र खानेपानी संस्थानलाई विपक्षी बनाएर रिट दिएकी थिइन् ।
बर्खा लागेपछि पोखराको खानेपानी मुहानमा हिलो र लेदो छिर्छ । त्यही लेदो पानी पोखरेलीको धारामा पुग्छ । जसकारण धेरै रोगहरू निम्तिने समस्या छ । रानाभाटले सोही समस्यालाई समाधान गर्न अदालतको सहारा लिन खोजिन् । तर, उनको रिटको सुनुवाइ ३ वर्षपछि मात्रै भएको छ ।
मंगलबार अदालतले शुद्ध खानेपानी वितरणको व्यवस्था मिलाउन संस्थान र पोखरा महानगरको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशहरु उज्ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शुद्ध पानी नागरिकको अधिकार हुने भन्दै सोहीअनुसार प्रबन्ध मिलाउन आदेश दिएको हो ।
यसअघि अदालतले पोखराका नागरिकले उपभोग गर्ने पानीको नमुना र त्यसको रिपोर्ट मगाएको थियो । रानाभाटसमेतको रोहबरमा लिएको पानीको नमुना रिपोर्टमा पोखराको पानी निकै प्रदुषित भेटिएको थियो । एक सय मिलिलिटर पानीको नमुनामा ८७ कोलिफर्म भेटिएको थियो । मंगलबारको इजलासले निर्देशनसमेत जारी गरेको छ । खानेपानीको गुणस्तर मापदण्डलाई पूरा गर्न र प्रत्येक ६ महिनामा गुणस्तर अनुगमन गरी रिपोर्ट अदालतमा बुझाउन भनिएको छ ।
निवेदकको तर्फबाट अधिवक्ता मीनासहित अधिवक्ताहरू सुरेन्द्र थापामगर र वरिष्ठ अधिवक्ता तिलक पराजुलीले बहस गरेका थिए । खानेपानी संस्थानको तर्फबाट रामचन्द्र न्यौपाने, भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट सुरेन्द्रराज काफ्ले र पोखरा महानगरको तर्फबाट शिव भुजेलले बहस गरेका थिए ।
‘यो अग्राधिकार दिनुपर्ने रिट हो । हामीले त्यो मागेनौं । घरिघरि आदेश चाहिँ भइरहेको थियो,’ रानाभाट भन्छिन्, ‘ढिलै भए पनि पोखरेली नागरिकको हितमा यो आदेश आएको छ । अब यसको कार्यान्वयन हेर्न बाँकी छ ।’
अहिले पोखरामा खानेपानी संस्थानले नै जापान सहयोग नियोग जाइकाको सहयोगमा खानोपनी शुद्धीकरण परियोजना सुरु गरेको छ । करिब साढे चार अर्ब लागतमा निर्माण भइरहेको उक्त प्लान्ट अझै सकिएको छैन । शुद्धीकरण परियोजना पूरा नहुँदासम्म पोखरेलीले अझै लेदो पानी उपभोग गर्नुपर्ने बाध्यता छ । पोखरामा मर्दीखोलाबाट पानी ल्याएर वितरण गरिन्छ ।
मर्दी खोलाको खानेपानी सुधार गर्न संस्थाले २० वर्षअघिदेखि अध्ययन गरेको थियो । आयोजना निर्माण सकिएपछि दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन हुने बताइएको छ । चालू वर्षभित्रै काम सक्ने लक्ष्य लिएकोमा हालसम्म आधा काम पनि पूरा भएको छैन । नगर भित्रका ४ लाख २५ हजार नागरिकले उपभोग गर्न सक्ने गरी आयोजना विस्तार हुन लागेको छ । पोखरामा दैनिक साढे ६ करोड लिटर पानीको माग हुन्छ । हाल ५ करोड लिटर मात्र आपुर्ति हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
माघ ७, २०८१ सोमबार
म्याग्दीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
माघ ५, २०८१ शनिबार
मनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार