भाँचिएको पुल मर्मत नहुँदा सुन्दरपुरवासीलाई समस्या
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २०:४:४९
२६ जेठ, उदयपुर । भाँचिएको पुल मर्मत नहुँदा वर्षा लागेसँगै त्रियुगा नदीको बहाव बढ्न थालेपछि सुन्दरपुर र बेलही क्षेत्रका बासिन्दालाई त्रियुगा नदी आवत्जावत् गर्न सास्ती भोग्नु परेको छ । सुन्दरपुर र बेलही जोड्ने चौदण्डीगढी नगरपालिका– ५ सिवाइस्थित त्रियुगा नदीको पुल गतवर्ष असार महिनामा भाँचिएपछि अहिलेसम्म मर्मत हुन सकेको छैन ।
एक वर्ष अगाडि त्रियुगाको बाढीका कारण भाँचिएको पुलको पिलर अहिलेसम्म पनि पुनःनिर्माण नभएपछि वर्षा लागेसँगै त्रियुगा नदीमा पानीको बहाव बढेका कारण स्थानीयवासीलार्ई आवतजावत गर्न कठिन भएकोे बेलहीका बासिन्दा अनुप चौधरीले बताए ।
उनले भने,“सुन्दरपुरदेखि बेलही आउन तथा चौदण्डी नगरपालिको कार्यलय बेल्टार बजार पुग्न त्रियुगा नदी तर्न बाध्य छौँ, पानीको बहाव बढ्न थालेपछि गाउँका पुरुष कपडा खोलेर पौडी खेल्दै ज्यानको बाजी लगाएर नदी तर्न बाध्य छन् ।”
पौडीखेल्न नसक्ने महिला र पुरुषभने सुन्दरपुरबाट त्रियुगा नगरपालिकाको जोगिदह, गाईघाट बजार हुँदै मदन भण्डारी मार्गको ३० किलोमिटर बाटो घुमेर बेल्टारस्थित चौदण्डी नगरपालिकाको कार्यलय पुग्न बाध्य भएको बेलहीका सीताराम चौधरी बताए ।
विसं २०६७ निर्माण भएको पुल १२ वर्षपछि गत वर्षमात्र सम्पन्न भएर सञ्चालनमा आउनै लाग्दा गत असार १९ गते बाढीले भत्काएको थियो । समयमा पुल मर्मत नहुँदा र त्रियुगा नदीमा पानीको बहाव बढेसँगै अहिले सुन्दरपुरवासी गाउँबाट अन्यत्र जानको लागि ज्यानको जोखिम मोलेर सास्ती भोग्दै त्रियुगा नदी तर्न बाध्य हुनुपरेको स्थानीयवासी बताउँछन् ।
गाईघाट दिक्तेल सडक कार्यलयका प्रमुख गोपाल खकुरेलसँग अहिलेसम्म पुल मर्मत नगरिएको बारे प्रश्न गर्दा उनले भने ,“सडक विभागले यसबारे अहिलेसम्म कुनै निर्देशन नगरेको हुनाले पनि पुल मर्मत हुन नसकेको हो ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
मधेश प्रदेशसभाको चौथो अधिवेशन सुरु
पुष २३, २०८१ मंगलबार
नगरलाई धुवाँमुक्त बनाउन मेयरले बाँडे ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट
पुष २४, २०८१ बुधबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
मोरङ जिल्ला अदालतमा अन्जला कोइरालको थुनछेक बहस सकियो, कस्तो आउँछ आदेश ?
पुष २४, २०८१ बुधबार
प्रजनन केन्द्रमा हुर्काइएका ४१ गोही राप्तीमा छोडियो
पुष २४, २०८१ बुधबार
बालविवाह घटाउन बाँकेका युवा सक्रिय
पुष २४, २०८१ बुधबार