शिक्षामन्त्रीमाथि पाठ्यक्रममार्फत धर्म परिवर्तन गराउन रकम लिएको आरोप
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २०:१३:३३
२६ जेठ, काठमाडौं । शिक्षामन्त्री देवेन्द्र पौडेलले विदेशी धर्म प्रचारक संघसंस्थाहरुबाट मोटो रकम लिएर पाठ्यक्रममाफर्त धर्म परिवर्तन गराउने उदेश्य राखेर पाठ्यपुस्तक छपाउन लागाएको आरोप लागेको छ । संसद बैठकमा सांसदहरुले पौडेलले संविधानको उदेश्य विपरित पैसा लिएर यस्तो अपराधिक काम गरेको आरोप लगाएका हुन् ।
समयमै पाठ्यपुस्तक छापेर वितरण नगर्नुको पछाडी मन्त्री पौडेलको रहस्यमय कर्तुत भेटिएको भन्दै सांसदहरुले विरोध गर्दै आएका थिए ।पछि छापिएका पाठ्यक्रमका पूस्तकमा इशाई धर्म प्रचारका लागि ‘ईशा’ राखेर त्यसलाई महत्व दिनुको पछाडी ठूलो रकमको चलखेल भएकाे हुनसक्ने सांसदहरूको भनाई छ ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद भीम रावलले त जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारका शिक्षमन्त्रीको संलग्नताको देखिएको दावी गरेका छन् । सांसदहरुले पछिल्लो समय नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा आवाज उठाउँदै आएका थिए ।
प्रतिनिधिसभा बैठकमा सांसद रावलले तोकेरै धर्म परिवर्तन गराउने कार्यमा शिक्षामन्त्रीको संलग्नताको दावी गरे । उनले पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ भन्ने लेखिएको भन्दै शिक्षामन्त्रीलाई जवाफ दिन आग्रह गरे । पाठ्यक्रममा ईसा लेख्न शिक्षामन्त्रीले आर्थिक लाभसमेत लिएको रावलको दावी छ ।
‘पाठ्यक्रममा के लेखिएको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्दछ । धर्मनिरपेक्ष भनिएको होइन देश ? मैले त बाल्यकालमा ई भनेको त ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर मान्न भएन, ई माने ईमान किन लेख्नुभएन ? कहाँबाट ईसा आयो ? यो शिक्षामन्त्रीजीलाई थाहा छ कि छैन ? कि सरकार आफैं संविधानमा सनातन धर्म मान्नुपर्नेछ, कसैको धर्म परिवर्तन गर्न पाइनेछैन भन्ने लेख्ने, भित्र भित्र आफैँ कतैबाट फाइदा लिएर लागेको त छैन ? जनतालाई यसको जवाफ दिनुपर्छ । नत्र कसरी पाठ्यक्रममा लेखियो ?,’ सांसद रावलले बैठकमा प्रश्न गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयातायातमा नयाँ हाकिम: पुराना कर्मचारी फर्किएपछि नक्कली लाइसेन्स छानबिनको फाइल हरायो
माघ ११, २०८१ शुक्रबार
पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउन माओवादीभित्रै दुई धार, प्रचण्ड मौन !
माघ ११, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार