अव्यवस्थित तारका कारण जोखिम
नेपालबहस संवाददाता
जेठ २६, २०७९ बिहिबार २०:४१:३७
२६ जेठ, म्याग्दी । बेनी नगरपालिकाको ७ र ८ नं वडामा पर्ने जिल्ला सदरमुकाम बेनीबजारमा जडान गरिएको सडकबत्ती नबलेको एक हप्तायता बलेका छैनन् । बत्ती बल्न छाडेपछि बेनी नगरपालिकाले समस्या पहिचान गर्न दुई प्राविधिकलाई दुई दिनसम्म परिचालन गर्यो । समस्या पहिचान हुन नसक्दा सडकबत्ती मर्मतमा ढिलाइ भएको बेनपा–७ का अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए ।
“ विद्युतका पोलमा गुजुल्टा परेका तारका कारण त्यही पोलमा राखिएको सडकबत्तीको समस्या पहिचान गर्न सकिएको छैन”, उनले भने, “अव्यवस्थित तारका कारण विद्युतीय दुर्घटना, बजार व्यवस्थापनका साथै बजारको सौन्दर्यमा पनि असर परेको छ ।”
बेनी बजारका विद्युत्का पोलमा नेपाल टेलिकमका टेलिफोनका साथै निजी क्षेत्रका केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको पनि तार तानिएको छ । वर्षौँ पुराना र काम नलाग्ने तार पोलबाट हटाइएको छैन । विद्युत्का पोल तारको गुजुल्टाले फेटा गुथाएजस्तो भएका छन् । जसका कारण विद्युत् पोलमा भार बढेको छ ।
सडकबत्ती मर्मतसँगै विद्युतका पोलमा राखिएका अव्यवस्थित तार व्यवस्थापनको आवश्यकता देखिएकाले नेपाल विद्युत् प्राधिकरणसँग समन्वय गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । प्राधिकरण र तार प्रयोग गरेर केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिसँग छलफल गरेर आगामी असोज महिनाभित्र व्यवस्थापन गरिसक्ने योजना बनाएको उनले बताए ।
बेनी नगरपालिकाले बजारको सडक छेउमा रातको समयमा उज्यालो बनाउन सडकबत्ती जडान गरेको छ । बजारलाई सुरक्षित बनाउन, रातको समयमा हुने अपराध न्यूनीकरण र अनुसन्धानमा सघाउने उद्देश्यले सडकबत्ती जडान गरिएको हो । सडकबत्ती बल्न छाडेपछि सुरक्षा चुनौती बढेको बजारवासीले बताएका छन् ।
गत असोजमा नेपाल विद्युत् प्राधिकरणले सम्झौताबिनै विद्युत्का पोलको प्रयोग गरेर भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकको लाइन काट्ने अभियान थालेको थियो । तर केबुल र इन्टरनेट सेवा प्रदायक कम्पनीको आन्दोलन र दबाबपछि प्राधिकरण पछि हटेको छ ।
जिल्लामा दुई केबल टिभी र पाँचवटा इन्टरनेट सेवा प्रदायकले विद्युत् प्राधिकरणको पोल प्रयोग गरेका छन् । पोल प्रयोग गरेवापत ती कम्पनीले प्राधिकरणलाई प्रतिकिलोमिटरका दरले भाडा तिर्नुपर्ने नियम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
ललितपुर महानगरले गर्यो पाटन अस्पतालको शवगृहको स्तरोन्नति
पुष २८, २०८१ आइतबार
काठमाडौं भ्यूटावरको नक्सा प्रक्रिया निष्क्रिय गर्ने महानगरको निर्णय
पुष २८, २०८१ आइतबार
एकैपटक १३ जना सचिवको सरुवा, को कहाँ ?
पुष २८, २०८१ आइतबार
टोखामा सडकबत्ती जडान गर्न प्राधिकरणसँग सम्झौता
पुष २८, २०८१ आइतबार
निजामती सेवाः ‘आरक्षणमा हुने खानेभन्दा हुँदा खानेलाई समेट्नुपर्छ’
पुष २८, २०८१ आइतबार
मकवानपुरमा बसको ठक्करबाट २ वर्षीया बालिकाको मृत्यु
पुष २८, २०८१ आइतबार